• २०८१ बैशाख १४ शुक्रबार

एसइईको प्रदेश अनुसारको परिणाम  : कुन प्रदेशको कस्तो नतिजा ?

kharibot

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ १६ हजार ८ सय ८२ विद्यार्थीले जिपिए ३.६० देखि ४ (ए प्लस) ल्याएका छन् । 

कार्यालयले गत वर्षदेखि सङ्घीय संरचनाअनुसार गत चैत १० गतेदेखि २१ गतेसम्म साधारण तथा प्राविधिक धारतर्फ सञ्चालन गरेको सो परीक्षामा नियमित समूहको साधारणतर्फ चार लाख ४९ हजार ६ सय ४२ र प्राविधिक धारतर्फको नौ हजार ६ सय ३३ जना गरी कूल चार लाख ५९ हजार २ सय ७५ परीक्षार्थी सहभागी थिए । 

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार ४८ हजार ९ सय ६० विद्यार्थीले जिपिए ३.२० देखि ३.६० (ए), ६० हजार ७ सय ६ विद्यार्थीले जिपिए २.८० देखि ३.२० (बी प्लस), ९४ हजार १ सय १० विद्यार्थीले जिपिए २.४० देखि २.८० (बी), ९७ हजार २ सय ९९ विद्यार्थीले जिपिए २.०० देखि २.४० (सी प्लस) र ९५ हजार २ सय ९ विद्यार्थीले १.६० देखि २.०० (सी) ल्याउन सफल भएका छन् ।

यस्तै ४३ हजार ८ सय ४० विद्यार्थीले १.२० देखि १.६० (डी प्लस), चार हजार ४ सय २९ विद्यार्थीले ०.८० देखि १.२० (डी) प्राप्त गरेका छन् । आठ हजार २ सय ७ विद्यार्थीको भने विभिन्न कारणले नतिजा सार्वजनिक भएको छैन । 

प्राविधिक धारतर्फ ६ सय ९८ विद्यार्थीले ‘ए प्लस’, दुई हजार १ सय ७७ विद्यार्थीले ‘ए’, तीन हजार ३५ विद्यार्थीले ‘बी प्लस’, दुई हजार ४ सय ५४ विद्यार्थीले ‘बी’, ९ सय ८ विद्यार्थीले ‘सी प्लस’ तथा ९८ विद्यार्थीले ‘सी’ तथा एक विद्यार्थीले ‘डी प्लस’ ल्याएका छन् । प्राविधिक धारतर्फ २ सय ६२ परीक्षार्थीको नतिजा सार्वजनिक हुन बाँकी छ ।

प्रदेश अनुसार एसइईको नतिजा यस्तो छ : 

प्रदेश १ :

प्रदेश १ बाट एसईईमा ८१ हजार ७६ जना सहभागी थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ती मध्ये १ हजार ९ सय ८४ ले ३.६० देखि ४ जीपीए ग्रेड ल्याएका छन् ।
३.२० देखि ३.६० जीपीए ल्याउने ८ हजार ४, २.८० देखि ३.२० जीपीए ल्याउने १ हजार ६ सय ८१ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी १२ हजार ९ सय ६० छन् । 
२ देखि २.४० जीपीए ल्याउने १८ हजार ६५, १.६० देखि २ जीपीए ल्याउने १८ हजार ३ सय ८९, १.२० देखि १.६० जीपीए ल्याउने सात हजार २ सय ९९ जना र ०.८० देखि १.२० जीपीए ल्याउने ४ सय ९२ जना विद्यार्थी रहेका छन् ।

प्रदेश २ :

परीक्षामा प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना विद्यार्थी एसइईमा सहभागी थिए । ती मध्ये ९ सय ३१ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने ४ हजार ५ सय ९६, २.८० देखि ३.२० जीपीए ल्याउने ७ हजार २ सय २५ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ८ हजार ७ सय १३ रहेका छन् । २ देखि २.४० जीपीए ल्याउने १२ हजार ९५ जना, १.६० देखि २ जीपीए ल्याउने १६ हजार ४ सय ११, १.२० देखि १.६० जीपीए ल्याउने ११ हजार ७ सय ७५ र ०.८० देखि १.२० जीपीए ल्याउने १ हजार ४ सय ५४ विधार्थी रहेका छन् ।

प्रदेश ३ :

प्रदेश ३ बाट १ लाख ५ हजार ६ परीक्षार्थी एसइईमा सहभागी थिए । ती मध्ये १० हजार ६८ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने २१ हजार ८ सय ३२, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने १९ हजार ३ सय ७० र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थीको संख्या १७ हजार ९ सय १५ छ । २ देखि २.४० जीपीए ल्याउने १७ हजार ७ सय ९५, १.६० देखि २ जीपीए ल्याउने ११ हजार ५ सय ६३, १.२० देखि १.६० जीपीए ल्याउने ३ हजार ८१ र ०.८० देखि १.२० जीपीएम ल्याउने १ सय ९० विधार्थी रहेका छन् ।

गण्डकी प्रदेश :

गण्डकी प्रदेशबाट ४७ हजार ३ सय १९ विधार्थी एसइई परीक्षामा सहभागी थिए । ती मध्ये १ हजार ८ सय १८ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने ५ हजार ८ सय २४, २.८० देखि ३.२० जीपीए ल्याउने ८ हजार १ सय १९ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ९ हजार ९ सय १५ रहेका छन् । २ देखि २.४० जीपीए ल्याउने ११ हजार १ सय २८, १.६० देखि २ जीपीए ल्याउने ७ हजार २ सय ३३, १.२० देखि १.६० जीपीए ल्याउने १ हजार ७ सय ५५ जना र ०.८० देखि १.२० जीपीए ल्याउने १ सय ९ विधार्थी रहेका छन् ।

प्रदेश ५ :

प्रदेश ५ बाट परीक्षामा ७५ हजार ८ सय ४४ विधार्थी सहभागी थिए । ती मध्ये १ हजार ६ सय ८४ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने ६ हजार ४ सय ८६, २.८० देखि ३.२० जीपीए ल्याउने ९ हजार ९ सय ६६ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी १३ हजार ५४ छन् । २ देखि २.४० जीपीए ल्याउने १६ हजार ७ सय १४, १.६० देखि २ जीपीए ल्याउने १६ हजार २ सय ३५, १.२० देखि १.६० जीपीए ल्याउने ७ हजार ५ सय ९० र ०.८० देखि १.२० जीपीए ल्याउने ८ सय ५४ विधार्थी रहेका छन् ।

कर्णाली प्रदेश :

कर्णाली प्रदेशबाट ३२ हजार ९ सय ६६ विधार्थी सहभागी थिए । ती मध्ये १ सय ४६ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने ७ सय ४९, २.८० देखि ३.२० जीपीए ल्याउने १ हजार ८ सय ४७ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ५ हजार १ सय १४ जना छन् । २ देखि २.४० जीपीए ल्याउने ९ हजार ३ सय ११, १.६० देखि २ जीपीए ल्याउने ९ हजार ८ सय ३१, १.२० देखि १.६० जीपीए ल्याउने ३ हजार ९ सय ६६ र ०.८० देखि १.२० जीपीए ल्याउने ३ सय ९६ विद्यार्थी रहेका छन् ।

सुदूरपश्चिम प्रदेश :

सुदूरपश्चिम प्रदेशबाट ५० हजार ६ सय १० परीक्षार्थी सहभागी भएका थिए । ती मध्ये २ सय ५१ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने १ हजार ४ सय ७०, २.८० देखि ३.२० जीपीए ल्याउने ३ हजार ४ सय ८० र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ६ हजार ४ सय ९ जना छन् । २ देखि २.४० जीपीए ल्याउने १२ हजार १ सय ९१, १.६० देखि २ जीपीए ल्याउने १५ हजार ५ सय ४७, १.२० देखि १.६० जीपीए ल्याउने ८ हजार ३ सय ७४ र ०.८० देखि १.२० जीपीए ल्याउने ९ सय ३४ विधार्थी रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै