• २०८१ बैशाख १३ बिहीबार

एसइईमा रुपन्देहीका १० विद्यार्थीको ‘४ जिपिए’

kharibot

रुपन्देही । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार रुपन्देहीबाट १० जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । 

जिल्लामा सबैभन्दा धेरै बुटवलको न्यू होराइजन स्कुलका सात विद्यार्थीले ४ जिपिए ल्याएका हुन् ।

सो विद्यालयका क्षितिज डुम्रे, स्वस्तिका कुँवर, अशिम चौधरी, अनुस्का श्रेष्ठ, प्रवेश आचार्य रोशना टण्डन र सोयल ज्ञवालीले ४ जिपिए ल्याएको जिल्ला शिक्षा समन्वय एकाइ रुपन्देहीका उपसचिव घनश्याम भुसालले जानकारी दिए । 

यस्तै सामुदायिकतर्फ कालिका माविका सविना सुवेदीले ४ जिपिए प्राप्त गरेका छन् । देवदह इङ्गलीश बोर्डिङ स्कुलका गौरव खनाल र सिद्धार्थ बोर्डिङ स्कुलका निकिता खनालले ४ जिपिए प्राप्त गरेको उपसचिव खनालले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै