• २०८१ बैशाख ४ मंगलबार

सुस्तावासीलाई आफ्नै वडा कार्यालय पुग्न सास्ती

kharibot

नवलपरासी / पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीलाई आफ्नै वडा कार्यालय भवन आउन सास्ती भोग्नुपर्ने बाध्यता रहँदै आएको छ । सङ्घीय संरचनाअनुसार सुस्तागाउँ, सुस्ता गाउँपालिका–५ मा पर्दछ । तर सुस्तामा भने वडा कार्यालय भवन छैन ।

नारायणी नदीपारि सो वडा कार्यालयको भवन पक्लिहवाको रामनगरमा छ । कार्यालय भवन आउन सुस्तागाउँदेखि करीब दुई घण्टासम्म लाग्ने गर्दछ । विशेषगरी सहज यातायातको पहँुच नहँुदा सुस्तावासी नारायणी नदीमा डुङ्गाको प्रयोग गरेर आउनुपर्ने अथवा भारतीय भूमि हँुदै नेपाल प्रवेश गरेर सो वडामा पुग्न करीब दुई घण्टा लाग्ने अवस्था छ ।

सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा नारामै सीमित भएको र सुस्तावासीले वडा कार्यालय पुग्नसमेत निकै सास्ती भोग्नुपर्ने अवस्था रहेको सुस्ता बचाऊ अभियानका अध्यक्ष गोपाल गुरुङ बताउछन् । नारायणी नदीमा डुङ्गाको यात्राबाहेक भारतको बाटो हँुदै नेपाल पुग्नुपर्ने बाध्यता छ । यसअगावै पटक–पटक भारतीय सुरक्षाकर्मीको चरम दुव्र्यवहार हुने गरेका कारण अधिकांश सुस्तावासी भारतीय भूमि हँुदै नेपाल जाने गर्दैनन् ।

नारायणी नदीमा डुङ्गाको जोखिमपूर्ण यात्राका कारण वडा कार्यालय आउन पनि सुस्तावासीलाई निकै सास्ती भोग्नुपर्ने बाध्यता छ । आफ्नै वडा कार्यालय भवन पक्लिहवा जान नारायणी नदीमा पुल नभएकाले वर्षाको समयमा जोखिमपूर्ण डुङ्गा तरेर आउन पनि निकै समस्या भएको सुस्ता बचाऊ अभियानका उपाध्यक्ष आदम खाँ बताउछन् ।

वर्षाको समयमा नारायणी नदीमा पानी बढेर डुङ्गासमेत नचल्ने अवस्था हुन्छ । नारायणी नदीमा पुल निमार्णको काम शुरु भए पनि बीचैमा अधुरो रहेको अवस्था छ । अहिलेसम्म पुल निर्माणकार्य पूरा हुन नसक्दा दैनिकरूपमा चाहिने सामानका लागि सुस्तावासी भारतीय बजार जान बाध्य छन् ।

निर्माणाधीन झोलुङ्गे पुल चाँडै सम्पन्न गर्ने कार्यमा गाउँपालिका लागिपरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे बताउछन्  । यद्यपि सुस्तावासीले नारायणी नदीमा पुल बन्ने आस अहिलेसम्म मारेका छैनन् । दुई सय ६५ घरधुरी रहेको सुस्तामा करीब दुई हजार ५०० जनसङ्ख्या छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै