• २०८१ बैशाख ७ शुक्रबार

प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाइने

kharibot

फाइल तस्विर । 

सप्तरी / प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाउने गरी नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको बताएका छन । आँप उत्पादनको दृष्टिकोणले अग्रणी मानिने सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर कुशहामा शुरु भएको राष्ट्रिय आँप महोत्सव २०७६ को उद्घाटन कार्यक्रममा मन्त्री साहले प्रदेश नं २ लाई कृषिमार्फत नै समृद्ध बनाउन सकिने भएकाले प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको बताए ।

सबै खेतमा सिँचाइ, हरेक किसानको हातमा पानी पु¥याउने उद्देश्यले प्रदेश सरकारले व्यापकरूपमा डिपबोरिङ जडान गर्नुका साथै पाँच हजार साना किसानलाई स्यालो ट्युवेल वितरण गर्ने योजना बनाएको मन्त्री साहले बताए । कृषिलाई आत्मनिर्भर नबनाएसम्म प्रदेश वा देश नै समृद्ध बन्न नसक्ने उल्लेख गर्दै मन्त्री साहले कृषिलाई आत्मनिर्भर बनाएर स्वदेशमै युवालाई रोजगारीको वातारण बनाउने योजनाका साथ प्रदेश सरकार अघि बढेको जानकारी दिए ।

सप्तरी, सिरहा, धनुषा र महोत्तरीलाई आँप जोनको रूपमा विकास गर्न लागेको उल्लेख गर्दै उनले प्रदेश नं २ का तीन जिल्लामा निर्माण हुने आँप प्रशोधन केन्द्रमध्ये एउटा सप्तरीको श्रीपुरमै स्थापना गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले प्रशोधन केन्द्र नहुँदा स्थानीय किसानले उत्पादन गरेको आँप सस्तोमा बिक्री गर्न बाध्य रहेको बताए ।

उनले आँप उत्पादनको अग्रणी रहेको सुरुङ्गा नगरपालिकालाई आँप जोनको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । स्थानीय आँपको प्रचारप्रसारसँगै आँपखेतीलाई प्रोत्साहित गर्दै आँप उत्पादनमा वृद्धि गर्ने उद्देश्यले शुरु भएको महोत्सवमा स्थानीय किसानद्वारा उत्पादित विभिन्न जातका आँपको छ स्टल राखिएको छ । सप्तरीमा कूल पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती हुँदै आएको छ । सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा मात्रै ५०० हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको वडाध्यक्ष लीलाकान्त चौधरीले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै