• २०८१ बैशाख ८ शनिबार

नयाँ सौर्यमण्डल जहाँका तीन ग्रहमा छ जीवनको सम्भावना 

kharibot

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले गहन खोजपछि वैज्ञानिकहरुले नयाँ सौर्यमण्डल अस्तित्वमा रहेको पत्ता लगाएको बताएको छ ।

हाम्रो सौर्यमण्डलभन्दा बाहिर एक ताराको वरिपरि पृथ्वीजत्रै सातओटा ग्रह फेला परेको नासाको भनाइ छ । स्पिट्जर स्पेस टेलिस्कोपले उक्त तारा र ग्रहको पत्ता लगाएका हुन् । 

अनौठो कुरा त के भने तारावरिपरि घुमिरहेका सातओटा ग्रहमध्ये तीनओटा ह्याबिटेबल जोन अथवा जीवनको सम्भावना भएको क्षेत्रमा छन् । त्यस्तै, यी ग्रहको आकार पनि पृथ्वीजत्रै छ । 

दशकौंदेखि वैज्ञानिकहरु अन्तरिक्षमा जीवनको खोजीमा लागेका छन् । वैज्ञानिकहरुका अनुसार ट्रापिस्ट–१ नामक ताराको वरिपरि रहेका उक्त तीन ग्रहमा पानीको सम्भावना हुन सक्छ । 

जहाँ पानी छ, त्यहाँ जीवनको सम्भावना रहने वैज्ञानिकहरुको भनाइ छ । त्यसैले उक्त तीन ग्रह मानिस बस्न लायक हुन सक्ने पनि नासाको भनाइ छ । यो तारा पृथ्वीबाट ४० प्रकाशवर्ष टाढा छ । 

क्याम्ब्रिज विश्वविद्यालयका अन्तरिक्ष वैज्ञानिक एमुरी ट्रायडले भने, ‘त्यहाँ जीवनको सम्भावना पत्ता लगाउने दिशामा यो हाम्रो एक निर्णायक कदम हुन सक्छ ।’ नासाको खोजसम्बन्धी यो नयाँ शोध नेचर नामक पत्रिकामा प्रकाशित छ । योभन्दा पहिले पनि ट्रापिस्ट–१ सम्बन्धी विभिन्न अध्ययन प्रतिवेदन प्रकाशित भएका थिए । तर, उक्त तारावरिपरि पृथ्वीजत्रा ७ ग्रह भएको र तीन ग्रहमा जीवनको सम्भावना रहेको भने अहिले पत्ता लागेको नयाँ खोज हो । 

यो नयाँ खोजले यससँग सम्बन्धित पुराना स्थापित मान्यतालाई अझै बल प्रदान गरेको छ । हालसम्म सौर्यमण्डलभन्दा बाहिर करीब ३ हजार ५ सयओटा ग्रहको खोजी भएको छ । यो नयाँ खोजी गरिएको ग्रह पनि तिनैमध्ये एक हो । हाल शोधकर्ताले पृथ्वीजस्तै चट्टान भएको ग्रहको खोजी गरिरहेका छन् जहाँ तापमान अनुसारको अवस्था होस् । किनकि, यस्तै अवस्थामा नै पानी पाउन सकिन्छ । पानी जीवनको लागि अनिवार्य आधारभूत शर्त हो । 

एजेन्सीको सहयोगमा  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै