• २०८१ बैशाख ७ शुक्रबार

मंगलमा फेला पर्यो मिथेनको सबैभन्दा ठूलो भण्डार 

kharibot

काठमाडौँ । मंगल ग्रहमा खोजी अभियानमा रहेको नासाको क्युरियोसिटी मार्स रोभरले यो रातो ग्रहमा मिथेन ग्यासको अहिलेसम्मकै ठूलो भण्डार पत्ता लगाएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यस्तो जानकारी दिएको छ ।

नासाले एक विज्ञप्तिमा रोभरले मंगल ग्रहको एक नमूना लिएर लेजर स्पेक्ट्रोमिटरको सहायताले यसको परीक्षण गरेको उल्लेख गरेको छ । 

मिथेनको यति ठूलो भण्डार फेला पर्नु निकै ठूलो हर्षको विषय भएको नासाको भनाइ छ । किनकि, पृथ्वीमा सूक्ष्म जीवाणुको जीवनका लागि मिथेन एक अत्यन्त आवश्यक ग्यास हो । त्यहाँको चट्टान र पानीको क्रियाबाट यो ग्यास निर्माण भएको पनि हुन सक्ने नासाको अनुमान छ । 

यो रोभरमा मिथेनको स्रोत के हो भनी निश्चित रुपमा थाहा दिने कुनै उपकरण जडान नगरिएको हुनाले हाल यो कुरा अझै शोधको विषय बनेको छ । रोभरले योभन्दा अगाडि पनि मंगलमा मिथेन ग्यास रहेको पत्ता लगाइसकेको छ । 

त्यस्तै, रोभरले मंगल ग्रहमा हिलो माटोको एक ठूलो भण्डार पनि पत्ता लगाएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक विज्ञप्तिमा क्युरियोसिटी रोभरले मंगलका दुई स्थान अबेरलेडी र किलमारीका ढुंगाको नमूना संकलन गरेको उल्लेख गरेको छ । मंगलमा मिशनको २ हजार ४ सय ५औं दिन ९मंगल ग्रहका अनुसार १२ मेमा रोभरको एक नयाँ सेल्फीमा यसको पत्ता लागेको बताइएको छ । 

नासाका अनुसार खनिजले भरिएको यो क्षेत्र सानो पहाड सार्पको छेउमा छ । यहाँ सन् २०१२ मा क्युरियोसिटी यानले ल्यान्ड गरेको थियो । क्युरियोसिटी यान माउन्ट सार्पमा अर्बौं वर्षपहिले त्यहाँ जीवनको लागि उपयुक्त वातावरण थियो कि थिएन भन्ने अनुसन्धान गरिरहेको छ । 

पानी भएको स्थानमा नै हिलो माटो हुन सम्भव छ । जहाँ पानी छ, त्यहाँ जीवन हुने सम्भावना पनि त्यत्तिकै धेरै रहन्छ । रोभरको एक विशेष उपकरण केमिन केमेस्ट्रिी र मिनरोलोजीले गिलो माटोको खनिज भएको क्षेत्रमा खनेर पाइएको ढुंगाको पहिलोपटक विश्लेषण गरेको हो । केमिनले केही मात्रामा हेमाटाइट पनि प्राप्त गरेको छ । यो आइरन अक्साइड खनिज हो जुन उत्तरी भेगमा अवस्थित भेरा रुबिन नामक पहाडी क्षेत्रमा धेरै मात्रामा पाइन्छ । 

त्यस्तै, नासाका अनुसार गेल क्रेटरमा एक समय धेरै मात्रामा पानी भएको प्रमाण मिलेको छ । यद्यपि, यसबारे अनुसन्धान जारी छ । पुरानो तलाउको हिलो माटोबाट उक्त क्षेत्रमा रहेको चिल्लो ढुंगाको निर्माण भएको नासाको अनुमान छ ।

एजेन्सीको सहयोगमा  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै