• २०८१ बैशाख १२ बुधबार

प्रदेश १ मन्त्रिपरिषदका निर्णय : मुख्यमन्त्री शेरधन राई अमेरिका जाने

kharibot

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका जाने भएका छन् ।

मुख्ममन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई अमेरिका जान स्वीकृत दिएको मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की जानकारी दिए ।

मुख्यमन्त्री राई यही असार २०, २१ र २२ अमेरिकाको बाल्टिमोरमा हुने ‘नेप्लिज एशोसिएशन इन अमेरिकाको नेशनल कन्फरेन्स’मा प्रमुख अतिथिका रुपमा सहभागी हुने यही असार १६ गते प्रस्थान हुने तथा असार २५ गते फर्कने कार्यक्रम रहेको छ ।

बैठकले प्रदेश सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिरकण विधेयक–२०७६, प्रदेश लोक सेवा आयोग विधेयक–२०७६, प्रदेश जाँचबुझ तथा अनुसन्धान आयोग विधेयक–२०७६ र  प्रदेश स्वायत्त सङ्घसंस्था गठन विधेयक–२०७६ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

यसैगरी ‘समिटर समिट’ आयोजना गर्ने सम्बन्धमा औपचारिक प्रक्रिया अघि बढाउनका लागि मुख्यमन्त्रीको नेतृत्वमा तयारी समिति गठन गर्ने तथा मोरङको कटहरी गाउँपालिकास्थित  फलफूल तथा तरकारी थोक बजार सञ्चालन नियमावली–२०७६ स्वीकृति गर्ने निर्णय पनि गरिएको मन्त्री कार्कीले जानकारी दिए । 

बैठकले एक महीनाअघि पाँचथर जिल्लामा भएको दुःखद् हत्याकाण्डमा बच्न सफल भएकी किशोरी सीता खजुमको उपचारमा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णयअनुसार हालसम्म प्राप्त भएको बिल रु ६९ हजार ३१४ प्रदेश सरकारले भुक्तानी गर्ने निर्णय गरिएको छ ।

यस्तै सगरमाथा टिन्स क्लब (एसटिसी) हरेक विद्यालयमा सञ्चालन गर्ने गरी आवश्यकपर्ने कार्यविधि–२०७६ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृति प्रवक्ता मन्त्री कार्कीले जानकारी गराए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै