• २०८१ बैशाख १३ बिहीबार

साताको सेयर : नेप्से १२ सय ५७ अंकमा, दुई अर्ब ५२ करोडको खरिद बिक्री

kharibot

काठमाडौं । साता एक सय ७३ कम्पनीहरुको ३१ हजार छ सय ७७ वटा कारोवार भएकाछन ।

जसअनुसार ७६ लाख ७२ हजार पाँच सय ६४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब ५२ करोड ६१ लाख ५८ हजार एक सय ८७ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा निकै बढी हो । 

गत साता भने एक सय ७२ कम्पनीहरुको २८ हजार दुई सय ३६ वटा कारोवार भएको थियो । जसअनुसार ६४ लाख ३० हजार ७४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ९१ करोड ४९ लाख ७५ हजार एक सय १२ रुपैयाँ पुगेको थियो ।

यो साता बजार परिसुचक १२ सय ५७ दसमलव १५ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ७१ दसमलव १६ अंकमा पुगेर रोकिएको छ ।

यो साता नेप्सेको नियिमत कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो , चौथो र पाँचो दिन नेप्से घटेको थियो भने दोस्रो र तेस्रो दिन नेप्से बढेको थियो । 

पहिलो दिन बजार परिसुचक १० दसमलव एक अंकले घटेर १२ सय ५४ दसमलव ३५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव एक अंकले घटेर दुई सय ६९ दसमलव ६० अंकमा झरेको थियो । दोस्रो दिन बजार परिसुचक पाँच दसमलव ७५ अंकले बढेर १२ सय ६० दसमलव १० अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ४४ अंकले बढेर दुई सय ७० दसमलव २६ अंकमा चढेको थियो ।

तेस्रो दिन पनि बजार परिसुचक शुन्य दसमलव ९६ अंकले उकालो लागेर १२ सय ६१ दसमलव सात अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स शुन्य दसमलव चार अंकले बढेर दुई सय ७१ दसमलव ४४ अंकमा पुगेको थियो ।

साताको चौथो दिन सेयर बजार परिसुचक दुई दसमलव ७८ अंकले घटेर १२ सय ५८ दसमलव २९ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ६३ अंकले घटेर दुई सय ७० दसमलव ८१ अंकमा झरेको थियो । साताको पाँचौ दिन भने सेयर बजार परिसुचक एक दसमलव १४ अंकले घटेर १२ सय ५७ दसमलव १४ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ३५ अंकले बढेर दुई सय ७१ दसमलव १६ अंकमा चढेको थियो ।  

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन बैंक, नेपाल बैंक, शिवम सिमेन्ट आदि परेकाछन । यसैगरी सेयर कारोवार संख्याको आधारमा भने गणपती माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्था, गुराँस लघुबित्त बित्तीय संस्था, नेपाल एग्रो लघुबित्त बित्तीय संस्था आदि परेकाछन ।

बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टड बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन ।

सेयर सुचीकरणतर्फ भने यो साता नेपाल इन्स्योरेन्स कम्पनीको ४० लाख १४ हजार छ सय ५१ दसमलव ५८ कित्ता हकप्रद सेयर सुचीकृत भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै