• २०८१ बैशाख १३ बिहीबार

शिखर बैठक गर्ने ट्रम्पको प्रस्ताव उत्तर कोरियाद्धारा स्वागत

kharibot

प्योङ्याङ  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको प्रस्तावलाई उत्तर कोरियाली प्रथम उप विदेश मन्त्री चोए सोन हुनीले शनिबार स्वागत गरेका हुन् ।

उनले अर्थपूर्ण र उपलब्धीमुलक हुने भए शिखर बैठक बस्न उत्तर कोरिया तयार रहेको बताएका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार विहान ट्वीट गर्दै दक्षिण कोरिया भ्रमणमा आएका बेला उत्तर कोरियाका नेता किम जोङ अनसँग भेटवार्ता गर्न चाहेको उल्लेख गरेको केही घण्टामै उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको हो ।

राष्ट्रपति ट्रम्प शनिबार बेलुका दुई दिने भ्रमणका लागि दक्षिण कोरियाको राजधानी सोल आउने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् ।

उनी जापानको ओसाकामा भइरहेको जि २० शिखर सम्मेलनमा सहभागी भएर त्यतैबाट दक्षिण कोरिया आउन लागेका हुन् ।

 उनले आइतबार उत्तर कोरियासँगको सीमा क्षेत्रमा पर्ने विभिन्न ठाउँहरुको भ्रमण गर्ने तय भइसकेको जनाइएको छ ।

 दक्षिण कोरियाका प्रथम उप विदेश मन्त्री चोएले अमेरिकाको तर्फबाट वार्ताका लागि औपचारिक प्रस्ताव भने आइनसकेको स्पष्ट पारे ।  

गत बर्ष किम र ट्रम्पबीच दुई ओटा शिखर बैठक भएको थियो । तर बैठकमा भएका सहमति कार्यान्वयन नभएपछि दुवै पक्षले एक अर्कालाई दोषारोपण गर्दै आपसी सम्वन्ध विग्रिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै