• २०८१ बैशाख ७ शुक्रबार

सरकार आफ्नै कारणले अस्थिर बन्यो - प्रकाशमान सिंह 

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा त्याग र निष्ठाको सम्मान हुन छाडेको बताएका छन् ।

नेपाली काँग्रेस बुटवल उपमहानगर समितिले आज रुपन्देही जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको लौह पुरुष गणेशमान सिंहको अर्धकदको सालिक अनावरण गर्दै नेता सिंह देश र जनताको हित नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर राजनीति गर्ने गणेशमान सिंहहरु जस्ता राजनेताको जीवनीलाई पन्छाएर पद नै सबै भन्दा ठुलो कुरा भन्दै राजनीति गर्ने प्रचलन बढेकाले मुलुकको दुर्दासा शुरु भएको बताए । 

नेता सिंहले अहिलेको सरकार बहुमतको भएपनि सबैभन्दा डरपोक सरकार भएको बताए । अआफु शक्तिशाली बन्ने धुनमा सबैभन्दा कमजोर प्रधानमन्त्री भएको बताए ।

आजभोली प्रधानमन्त्रीका गुनासा र रोधनले काम गर्न नसकेको प्रष्ट भएको बताउदै चमत्कार गरेर देखाउन सक्ने हैसियत भएर पनि  यति असफल हुनु दुखद भएको बताए । 

प्रहरीले शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा गरेका धरपकडको आलोचना गर्दै नेता सिंहले शान्ति सुरक्षा कायम गराउन समेत नसकेकाले सरकार आफ्नै कारणले अश्तिर बनेको दाबी गरे । 

आफ्नै पार्टीको बारेमा धारणा राख्दै नेता सिंहले काँग्रेस आजको अवस्थामा पुग्नुको मुख्य कारण पार्टीको विधान भएको बताए । काम नगर्नेलाई विधान अनुसार काम गर भन्दा पनि विरोध गर्यो भनेर भन्दा पार्टी कमजोर भएको तर्क गरे ।

पार्टी कब्जा गर्नेहरुले मुलुक कम्युनिष्टहरुले कब्जा गरिसकेको कुरा ख्याल अग्रण समेत उनले ध्यानाकर्षण गराए । पार्टीलाई तदर्स समितिबाट संचालन गर्ने, भागबन्डा लगाउने कुरा आफुलाई मान्य नहुने भन्दै नेता सिंहले राजनीतिक सहमति भन्दा पार्टी विधान र नियमावलीले चलाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता बालकृष्ण खाणले सरकारको कडा आलोचना गर्दै सरकारका अलोकतान्त्रिक 

गतिबिधिको बिरुद अब देश भर शान्तिपूर्ण आन्दोलन शुरु गर्ने चेतावनी दिए ।

कार्यक्रममा रुपन्देही जिल्ला सभापति अबुदुल रज्जाक , काठमाडौ जिल्ला सभापति सबुझ बानियाँले समेत आ-आफ्नो मत राखेका थिए । कार्यक्रम बुटवल उपमहानगर समितिका सभापति खिलराज पान्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै