• २०८१ बैशाख ८ शनिबार

विवेकशीलको केन्द्रीय पदाधिकारीमा महिला प्रतिनिधत्व ५० प्रतिशित हुने निश्चित

kharibot

काठमाडौं । विवेकशील नेपाली दलको रोल्पाको सदरमुकाम लिवाङमा तीन दिनसम्म चलेको नीति सम्मेलनले ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ । 

सो सम्मेलनले विवेकशील नेपालीको संघीय (केन्द्रीय) समितिका (अध्यक्ष उपाध्यक्ष) मध्ये एक, (महासचिव कोषाध्यक्ष) मध्ये एक र दुई सचिव मध्ये एक गरी ६ प्रमुख पदहरुमध्ये कम्तीमा ३ जना अर्थात् ५० प्रतिशत महिला प्रत्यक्ष रूपमा निर्वाचित हुने सुनिश्चित गरेको जनाएको छ ।

 त्यसैगरी, संघीय समितिमा महिला सहभागिता कम्तिमा ३७.८४ प्रतिशत र अन्य समावेशी सहभागिता कम्तीमा २१.६२ प्रतिशत गरि ५९.४६ प्रतिशत समावेशिता सुनिश्चित गरेको प्रवक्ता मिलन पाण्डेले बताएका छन् । 

संघीय (केन्द्रीय) समिति बढीमा ९९ जना रहनेछ जसमा पदाधिकारी सहित ७४ जना प्रत्यक्ष रूपमा निर्वाचित हुनेछन् भने अधिकतम् २४ जना मनोनित हुनेछन् । यस समितिमा सैद्धान्तिक रूपमा शत प्रतिशत नै महिला नेतृत्व निर्वाचित हुनसक्ने मार्ग पनि खुला नै छ। यो नेपाली राजनीतिमा लैंगिक समावेशिताको दृष्टिले आफैंमा ऐतिहासिक निर्णय हो भन्ने पार्टीको ठहर रहेको विवेकशीलले जनाएको छ।


निर्वाचित हुने सदस्यहरूमा खुला रूपमा निर्वाचित हुने, प्रदेशबाट निर्वाचित हुने तथा समावेशी समूहबाट निर्वाचित हुने सदस्यहरू रहनेछन् । साथै, १८ देखि २१ वर्ष उमेर समूहका फरक लिंगका दुई जना सदस्यहरू पनि केन्द्रीय समिति सदस्यमा निर्वाचित हुने व्यवस्था गरिएको छ ।

त्यसै गरी पार्टीको कार्य सञ्चालनमा सदस्यको सार्वभौम अधिकार सुनिश्चित गरी हरेक निर्वाचित तह वा पदाधिकारीलाई सदस्यको प्रत्यक्ष सहभागितामा विराट सभामार्फत् फिर्ता बोलाउन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।

पार्टीको राजनीतिक दस्तावेजका सम्बन्धमा हाललाई समयसापेक्ष सुधारमार्गमा अघि बढ्ने र विचारको बहसलाई खुला राख्दै समयक्रममा अझै परिष्कृत लोकतान्त्रिक मूल्य मान्यतायुक्त पार्टी निर्माणमा जुट्ने तय भएको छ । साथै, पार्टीले विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार एवं हितकारी राज्यको अवधारणालाई अघि बढाउने जनाएको छ ।

यस सम्मेलनले नेपाली राजनैतिक दलको इतिहासमा सम्भवतः नै पहिलो पटक सहभागितामूलक लोकतन्त्रको उच्चतम अभ्यास गर्दै विभिन्न नीति एवम् पार्टी विधान पारित गरेको छ । 

लिवाङमा १९६ जना पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो भने करिव २५० जना सदस्यहरु नेपालभित्र र बाहिरबाट अनलाइनमार्फत् सहभागी भएका थिए ।
 लिवाङमा तीन दिनसम्म चलेको नीति सम्मेलन यहि २०७६ असार १३ गते सुरु भई असार १५ गते निर्धारित मितिमै सम्पन्न भएको प्रवक्ता पाण्डेले बताएका छन् ।

त्यसै गरी पार्टीको कार्य सञ्चालनमा सदस्यको सार्वभौम अधिकार सुनिश्चित गरी हरेक निर्वाचित तह वा पदाधिकारीलाई सदस्यको प्रत्यक्ष सहभागितामा विराट सभामार्फत् फिर्ता बोलाउन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।

पार्टीको राजनीतिक दस्तावेजका सम्बन्धमा हाललाई समयसापेक्ष सुधारमार्गमा अघि बढ्ने र विचारको बहसलाई खुला राख्दै समयक्रममा अझै परिष्कृत लोकतान्त्रिक मूल्य मान्यतायुक्त पार्टी निर्माणमा जुट्ने तय भएको छ । साथै, पार्टीले विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार एवं हितकारी राज्यको अवधारणालाई अघि बढाउने विवेकशीलले जनाएको छ।

विवेकशीलले  राष्ट्रिय सम्मेलन २०७६ कार्तिक १ र २ गते विद्वान् राजा जनक एवं सीतामाताको पवित्र भूमि जनकपुरमा गरिने भएको छ र नवनिर्वाचित पदाधिकारी तथा सङ्घीय समितिको सपथ ग्रहण शान्तिका प्रतीक गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा गर्ने पनि तय गरेको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै