• २०८१ बैशाख १४ शुक्रबार

सिटी एक्सप्रेस र हिम इलेक्ट्रोनिक्सबीच साझेदारी

kharibot

काठमाडौं ।  सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रालिले आफ्नो ग्राहकवर्गहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न नेपालका लागि सामसङ्ग उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिसँग साझेदारी गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट चन्द्र टण्डन र हिम इलेक्ट्रोनिक्स प्रालिका तर्फबाट प्रभाकर शमशेर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् साथै अन्य देशभर रहेका सिटी एक्सप्रेस मनी ट्रान्स्फरका काउन्टरबाट पनि यस सेवा उपलब्ध गराउने योजना रहेको बताइएको छ । यो योजना असार १६, २०७६ बाट लागू भएको हो । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै