• २०८१ बैशाख ८ शनिबार

प्रकाश दाहाल प्रतिष्ठानद्वारा ५ जनालाई सगरमाथा आरोहण सम्मान

kharibot

काठमाडौं । प्रकाश दाहाल प्रतिष्ठानले साहसिक सगरमाथा आरोहण सम्मान २०७६ बाट पाँचजना सम्मानित भएका छन् । 

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले मंगलबार राष्ट्रिय सभामा भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना छोरा प्रकाशको नाममा स्थापित उक्त सम्मानबाट पाँचजनालाई सम्मानित गरेका हुन् ।

सम्मानित हुनेमा लामो सयमदेखि हिमाल आरोहण संलग्न दक्षिण कोरियाका नागरिक आमहोम गील, सगरमाथा बेस क्याम्पमा आरोहीका कठिनाइ व्यवस्थापनको काम गर्ने पर्यटन मन्त्रालयका शाखा अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठ, ८ हजारमाथिका ५ हिमाल आरोहण गरेकी आरोही माया शेर्पा र हिमाल आरोहीहरूका लागि बाटो निर्माणका काम गर्ने तथा प्रकाश दाहाल हिमाल चढ्दाको टोलीका प्रमुख आङसार्की शेर्पा रहेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै