चीनले पठाएको अन्तरिक्ष स्टेसन पृथ्वीमा खस्ने निश्चित भएको हार्वर्डका विद्वानको चेतावनी 

खरीबोट

नियन्त्रणबाहिर रहेको भनिएको चिनियाँ स्याटेलाइट टिआंगोंग १ । तस्बिर : एपी

ad

बेलायत । ८.५ टन तौलको टिआंगोंग १ वा ‘स्वर्गीय स्थान’ नामको चिनियाँ स्याटेलाइट अन्तरिक्षमा अनियन्त्रित भएको बताइएको छ । फक्स न्युजका अनुसार उक्त स्याटेलाइट पृथ्वीमै झर्ने सम्भावन बढेको छ । एक विज्ञले यस्तो चेतावनी दिएका हुन्  ।

उनले भनेका छन्, ‘म के आशा गर्छु भने यो केही महिनामै पृथ्वीमा खस्नेछ ।’ उनका अनुसार २०१७ को अन्त्यतिर वा २०१८ को सुरुमै यो खस्नेछ । हार्वर्ड युनिभर्सिटीका एस्ट्रोफिजिसिष्ट (अन्तरिक्ष विज्ञ) जोनादन म्याक डोवेलले यस्तो चेतावनी दिएका हुन् । तर उनले उक्त स्पेस स्टेसन कहाँ खस्नेछ भन्नेबारे केही पनि बताएका छैनन् । 

तर खस्दै गर्दा भने पृथ्वीको वायुमण्डलमा जल्ने भएकाले यसको कत्रो आकार खस्ने भन्ने केही बताइएको छैन । तर उनले ठूलो परिमाणको धातु पृथ्वीमा खस्नेमा भने कुनै शंका नरहेको बताएका छन् । यो खस्दै गर्दा तल भएको मानिस भने निश्चित रुपमा मर्ने वा घाइते हुनेछन्, उनले भनेका छन् । 

उनका अनुसार १०० किलोको धातु पृथ्वीमा खस्नेछ । गत अप्रिलमा चीनले मंगलग्रहको कक्षमा एयरक्राफ्ट पठाउने बताएको थियो । उसले २०२० सम्ममा मंगल ग्रहको सतहमै ल्यान्ड गर्ने महत्वाकांक्षा नै राखेको थियो  ।

सम्बन्धित समाचार

एक दशकपछि पुनः अमेरिकी माटोबाटै नौ जनालाई अन्तरिक्ष यात्रामा पठाउने नासाको घोषणा

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले आगामी वर्ष बोइङ सीएसटी १०० र स्पेस एक्स क्रु ड्रागनबाट नौ जना अन्तरिक्ष यात्रीहरु अन्तरिक्ष यात्रामा निस्किने घोषणा गरेको छ । शुक्रबार स्पेस एजेन्सीले उडानमा

दक्षिण प्रशान्त क्षेत्रमा खस्यो चिनियाँ अन्तरिक्ष स्टेसन

काठमाडौं । धेरै प्रतीक्षा गरिएको चिनियाँ अन्तरिक्ष स्टेसन अन्ततः दक्षिण प्रशान्त क्षेत्रमा खसेको अमेरिकी तथा चिनियाँ समाचार एजेन्सीहरुले जनाएका छन् । टिआंगोंग १ नामको उक्त स्पेस स्टेसन पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ

अन्तरिक्षमा अडिन नसकेको चिनियाँ सपना 

एक चिनियाँ स्पेस ल्याब (अन्तरिक्ष प्रयोगशाला) पुनः पृथ्वीमै १÷२ दिनमै खस्ने भएको छ । अधिकारीहरुले चीनको अहिलेसम्मकै महत्वाकांक्षी अन्तरिक्ष परियोजनाको डरलाग्दो अन्त्य हुनलागेको बताएका छन् ।  ४० फुट लामो टिआंगोंग १

अन्तरिक्षमा लामो समय बस्दा उचाइ मात्रै हैन, डीएनए नै बदलियो !

विश्वका दुई सयभन्दा धेरै अनुसन्धानकर्ता अहिले एक जुम्ल्याहा अन्तरिक्षयात्रीको बारेमा अध्ययनमा जुटेका छन् । अध्येताहरुले अन्तरिक्षमा लामो समय बिताएका स्कट केली र मार्क केलीको बारेमा अध्ययन गरिरहेका हुन् ।  सो क्रममा