• २०८१ बैशाख ८ शनिबार

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसहित तीन जना पत्रकार सम्मेलनबाटै पक्राउ

kharibot

धनगढी । कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान अत्तरियामा रहेको उद्योग वाणिज्य संघको सभाकक्षमा पत्रकार सम्मेलन गरिरहेका बेला इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर विष्ट नेतृत्वमा गएको प्रहरी टोलीले अध्यक्ष देवकोटा, कार्यसमिति सदस्य विपिन साउदसहित तीनजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले देवकोटासहितका ८ जनाविरुद्ध सार्वजनिक हित विपरितको क्रियाकलाप गरेको किटानी जाहेरी परेकाले पक्राउ गरेको जनाएको छ ।

गोदावरी नगरपालिकाले असार १० आयोजना गरेको नगर परिषद्को उद्घाटन समारोहमा माइक तोडफोड गरेको, माइकको तार काटेको र कार्यक्रम विथोल्ने प्रयास गरेको भन्दै नगरपालिकाले देवकोटासहितका ८ जनाविरुद्ध किटानी दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ गरिएका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ । असार १० गते नेकपाका स्थायी कमिटि सदस्य लेखराज भट्ट प्रमुख अथिति र सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुबेदी विशिष्ठ अथिति रहेको नगर परिषद्‍मा आफूहरुलाई बोल्न नदिएको भन्दै देवकोटासहितका केही व्यक्तिले विरोध गर्दै माइकको तार काटनुका साथै जेनेरेटर तोडफोड गरेको गोदावरी नगरपालिकाले जनाएको छ ।

उद्घाटन कार्यक्रम विथोल्ने र अथितिमाथि दुर्व्यवहार गरेको भन्दै गोदावरी नगरपालिकाको कार्यपालिका बैठकले निर्णय नै गरेर असार ११ गते इलाका प्रहरी कार्यालय मालाखेतीमा अध्यक्ष देवकोटासहितका ८ जनाविरुद्ध किटानी दिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै