• २०८१ बैशाख ७ शुक्रबार

गूगल म्यापको चक्करमा पर्दा 

kharibot

अमेरिका ।  नजानेको बाटोमा कुनै समस्या नहोस् भनी हाल अधिकांशले गूगल म्यापको प्रयोग गर्ने गर्दछन् । तर, करीब १०० जना ड्राइभर गूगल म्यापकै भर पर्दा उनीहरुले धेरै कष्ट उठाउनुपर्यो । उनीहरु यस्तो ठाउँमा गएर फसे जहाँबाट निस्किन निकै गाह्रो थियो ।

गूगल म्यापको सहाराले हिँडिरहेका उक्त ड्राइभरलाई गूगल म्यापले यस्तो सिंगल रुटको संकेत गर्यो जुन हिलोले भरिएको थियो भने त्यहाँबाट फर्किन पनि सम्भव थिएन । यो बाटोमा उक्त गाडीहरु घण्टौं घण्टासम्म फसिरहे । 

वैकल्पिक रुटको भर पर्दा पर्यो महँगो 

यो घटना कोलोराडोको हो । वास्तवमा डेनभर एयरपोर्ट जाने मुख्य सडकमा दुर्घटना भयो र सडक अवरुद्ध हुन पुग्यो । त्यसैले त्यो बाटोमा अघि बढिरहेका सवारीचालकले वैकल्पिक बाटोको खोजी गरे ।

उनीहरुले गूगल म्यापमा सर्च गर्दा एयरपोर्ट पुग्ने अर्को वैकल्पिक बाटो देखे । त्यहाँबाट एयरपोर्ट पुग्ने समय पनि करीब आधा थियो । मेन रुटबाटव एयरपोर्ट पुग्ने समय ४३ मिनेट थियो भने वैकल्पिक रुटबाट २३ मिनेट । 

गूगलम्यापको भर परेर सवारीचालकहरुले वैकलिपक बाटोमा अघि बढ्न थाले । सुरुमा त वैकल्पिक बाटो ठीकै थियो । तर, केही किलोमिटर अघि बढेपछि बाटो हिलोले भरिएको थियो । एक लहरमा गुडिरहेका गाडीहरु चिप्लिन लागे ।

यो सिंगल रुट थियो । त्यसैले गाडी फर्किने पनि कुनै सम्भावना थिए । यस्तोमा गाडीको लाम नै लाग्यो । हिलोमा फसेका कतिपय सवारीसाधनमा ठूलो क्षति पनि पुग्यो । 

केही प्रतिवेदनका अनुसार यो बाटो निजी प्रयोजनका लागि थियो । गूगलले भने उक्त बाटो प्राइभेट भनी संकेत नगरिएको बताएको छ । कुनै पनि बाटोलाई ड्राइभिङ रुटको रुपमा निर्धारित गर्नुभन्दा पहिला बाटोको चौडाइ, रुटको दिशा आदि कुरामा ध्यान दिनुपर्ने गूगलले बताएको छ । 

एजेन्सीको सहयोगमा 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै