• २०८१ बैशाख १४ शुक्रबार

 आफै मर्छन् क्यान्सरका सेल, वैज्ञानिकहरुले खोजे तरिका 

kharibot

काठमाडौँ । क्यान्सरका रोगीहरुमा आशा दिलाउने उद्देश्यले अनुसन्धाताहरुले एक नयाँ तरिकाको खोजी गरेका छन् । यस तरिकाबाट शरीरमा भएका केही क्यान्सरका सेल्स आफै मर्दछन् ।

हाम्रो शरीरमा भएका लाखौं सेल्सले हामीलाई खतरनाक सेल्सबाट बचाउन हरेक दिन आफै मर्दछन् । क्यान्सरका सेल्स भने हाम्रो प्रतिरोधात्मक प्रणालीलाई बेवास्ता गर्दै आफूलाई बचाउने बाटो पत्ता लगाउँछन् । 

धेरै प्रोटिन उत्पादनले आफै मर्छन् क्यान्सर सेल्स 

अनुसन्धाताहरुको समूहले क्यान्सरबाट बच्न एक नयाँ बाटो पहिल्याएका छन् । यो एमवाईसी नामक जिनसँग सम्बन्धित छ । एमवाईसीले साधारण सेल बढ्ने क्रमलाई नियन्त्रण गर्छ ।

तर, जब यो क्यान्सरमा परिणत हुन्छ र बढ्न थाल्छ, त्यसपछि यसको प्रतिक्रियाका कारण क्यान्सरको ट्युमर पनि तीव्र गतिमा बढ्न थाल्छ । त्यसपछि एमवाईसीलाई सेल वृद्धि नियन्त्रण गर्न निकै कठिन हुन्छ ।

वैज्ञानिकहरुले यस तरिकालाई एटीएफ–४ नाम दिएका छन् । जब एमवाईसी सेल्सले नियन्त्रण गर्न छोड्छ, त्यसपछि क्यान्सरका सेल्सले तीव्र गतिमा प्रोटिन उत्पादन गर्न थाल्छ । त्यसपछि त्यो आफै मर्दै जान्छ । 

युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्रोफेसर कनस्टेन्टिनोज कोमेनिसका अनुसार ट्युमरको विकासलाई यसरी रोक्न सकियोस्, क्यान्सरका सेल्स सजिलै निस्किन नपाओस् । एटीएफ–४ लाई लक्ष्य बनाउनु नै अध्ययनको मुख्य उद्देश्य हो । किनभने, यो त्यही विन्दु हो जहाँ दुवै सांकेतिक बाटो आएर जोडिन्छ । यसको अर्थ क्यान्सरलाई बाच्ने मौका नै मिल्नेछैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै