• २०८१ बैशाख १३ बिहीबार

जापानमा अविरल वर्षापछि छ लाखलाई अन्यत्रै सार्न आदेश

kharibot

जापान । जापानको उत्तरपश्चिमी राज्य कागोशिमामा वसोवास गर्दै आएका करिब ६ लाख स्थानीयहरुलाई त्यहाँबाट अन्यत्रै सार्न सरकारले स्थानीय अधिकारीहरुलाई आदेश दिएको जापानी सार्वजनिक सञ्चारमाध्यम एनएचकेले बुधबार जनाएको छ ।

दक्षिणपश्चिम जापानको क्युसु द्वीपलगाउत कागोशिमा प्रान्तको प्रान्तीय राजधानी कागोशिमा सहरमा परेको अबिरल वर्षापछि सरकारको सो आदेश आएको हो ।

कागोशिमा शहरमा स्थानीय समयानुसार बुधबार बिहान ७ बजेबाट ८ बजेसम्म ४० मिलिमिटर वर्षा भएपछि झनै त्रास बढेको पनि एनएचकेको समाचारमा जनाइएको छ ।

यसरी भारी मात्रामा वर्षा भएपछि यसबाट पहिरो जानसक्ने सम्भावना पनि रहेको चेतावनी दिदै सो इलाकाबाट ती नगरवासीलाई विस्थापित गरी अन्यत्र सार्न जापान सरकारले स्थानीय अधिकारीहरुलाई भनेको हो ।

अबिरल रुपमा परेको यो वर्षा बिहीबारसम्म जारी रहने अनुमान गरिएको छ । क्युसु द्वीप इलाकामा ८० मिलिमिटर प्रति घण्टाको हिसाबले वर्षा हुने अनुमान यहाँका मौसमविद्हरुले जानकारी दिएका छन् ।

त्यस क्षेत्रमा अन्यत्रको तुलनामा बढी पानी पर्ने अनुमान यहाँको मौसम विज्ञान विभागले गरेको थियो । तर पनि यहाँबाट स्थानीय नागरिकलाई सार्ने काम बुधबार बिहानसम्म पनि गरिएको थिएन ।

तर बुधबार बिहान जापान सरकारले यो आदेश दिएपछि यहाँका सुरक्षा निकाय र उद्वारकर्मीहरु यहाँका स्थानीय नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने तयारीका लागि जुटेका बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै