भारतीय काँग्रेसको अध्यक्षबाट राहुल गान्धीको राजीनामा

खरीबोट

नयाँ दिल्ली । भारतीय नेशनल काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले बुधबार पदबाट राजीनामा दिएका छन् । राहुले काँग्रेस पार्टीको अध्यक्ष नरहेको र केन्द्रीय समितिलाई नयाँ नेतृत्व चयन गर्न आग्रह गर्दै आज राजीनामा दिएका छन् ।

लोकसभा चुनावमा नराम्रोसँग हार व्यहोरेपछि राहुलले पार्टीको बैठकमा नै राजीनामा दिने घोषणा गरेका थिए । 'पार्टीले ढिला नगरीकन चाँडै नै नयाँ नेतृत्वको टुंगो लगाउनुपर्छ । मैले मेरो राजीनामा बुझाइसकेको छु, अब म अध्यक्ष रहिन,' लोकसभाबाट बाहिर निस्कँदै राहुलले पत्रकारहरूसँग भने ।

गान्धीको राजीनामाले केन्द्रीय कार्यसमितिलाई नयाँ नेतृत्व चयन गर्न दबाब बढेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । गत मे २५ मा उनले केन्द्रीय समितिलाई पार्टी नेतृत्वबाट अलग्गिने बताएका थिए ।

आइतबार पनि काँग्रेस निकट मुख्यमन्त्रीहरूले उनलाई राजीनामा नदिन आग्रह गरेका थिए। उनीहरुले महाराष्ट्र, झारखण्डको विधानसभा चुनावका लागि राहुलकै नेतृत्व आवश्यक रहेकाले राजीनामा नदिन आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनले धेरैको आग्रहलाई अस्वीकार गर्दै पार्टीले चाँडै नै नयाँ नेतृत्व चयन गर्न माग गरेका छन् । राहुलको राजीनामा पछि भारतीय काँग्रेसको नयाँ अध्यक्ष गैर गान्धी परिवार बाट बन्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।    
 

सम्बन्धित समाचार

कोलकोताको एक अदालतद्वारा शशी थरुरलाई गिरफ्तारको आदेश

नयाँ दिल्ली । भारतीय काँग्रेसका सांसद तथा पुर्व विदेश राज्यमन्त्री शशी थरुरलाई कोलकोताको एक अदालतले गिरफ्तारको आदेश दिएको छ । गत बर्ष थरुरले दिएको एक बयानका कारण अदालतले उनलाई गिरफ्तारको आदेश

भारतीय काँग्रेसको अन्तरिम अध्यक्ष बनिन् सोनिया गान्धी

नयाँ दिल्ली । सोनिया गान्धी भारतीय काँग्रेसको अन्तरिम अध्यक्ष बनेकी छन् । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सोनियालाई अर्को अध्यक्ष चयन नहुन्जेल अन्तरिम अध्यक्ष बनाएको छ । यस अघि राहुल

भारतीय काँग्रेसको अध्यक्षबाट राहुल गान्धीको राजीनामा

नयाँ दिल्ली । भारतीय नेशनल काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले बुधबार पदबाट राजीनामा दिएका छन् । राहुले काँग्रेस पार्टीको अध्यक्ष नरहेको र केन्द्रीय समितिलाई नयाँ नेतृत्व चयन गर्न आग्रह गर्दै

‘भारतीय काँग्रेसको नेतृत्व गान्धी परिवारभन्दा बाहिरबाट आउनसक्ने’

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्वमा गान्धी परिवारभन्दा बाहिरबाट आउन सक्ने एक नेताले बताएका छन् ।  भारतमा गत महिना सम्पन्न भएको निर्वाचनमा पार्टीले पराजय भोगेपछि पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा


z