• २०८१ बैशाख ८ शनिबार

भारतीय काँग्रेसको अध्यक्षबाट राहुल गान्धीको राजीनामा

kharibot

नयाँ दिल्ली । भारतीय नेशनल काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले बुधबार पदबाट राजीनामा दिएका छन् । राहुले काँग्रेस पार्टीको अध्यक्ष नरहेको र केन्द्रीय समितिलाई नयाँ नेतृत्व चयन गर्न आग्रह गर्दै आज राजीनामा दिएका छन् ।

लोकसभा चुनावमा नराम्रोसँग हार व्यहोरेपछि राहुलले पार्टीको बैठकमा नै राजीनामा दिने घोषणा गरेका थिए । 'पार्टीले ढिला नगरीकन चाँडै नै नयाँ नेतृत्वको टुंगो लगाउनुपर्छ । मैले मेरो राजीनामा बुझाइसकेको छु, अब म अध्यक्ष रहिन,' लोकसभाबाट बाहिर निस्कँदै राहुलले पत्रकारहरूसँग भने ।

गान्धीको राजीनामाले केन्द्रीय कार्यसमितिलाई नयाँ नेतृत्व चयन गर्न दबाब बढेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । गत मे २५ मा उनले केन्द्रीय समितिलाई पार्टी नेतृत्वबाट अलग्गिने बताएका थिए ।

आइतबार पनि काँग्रेस निकट मुख्यमन्त्रीहरूले उनलाई राजीनामा नदिन आग्रह गरेका थिए। उनीहरुले महाराष्ट्र, झारखण्डको विधानसभा चुनावका लागि राहुलकै नेतृत्व आवश्यक रहेकाले राजीनामा नदिन आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनले धेरैको आग्रहलाई अस्वीकार गर्दै पार्टीले चाँडै नै नयाँ नेतृत्व चयन गर्न माग गरेका छन् । राहुलको राजीनामा पछि भारतीय काँग्रेसको नयाँ अध्यक्ष गैर गान्धी परिवार बाट बन्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै