• २०८१ बैशाख ७ शुक्रबार

आठ घण्टापछि सुल्झियो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको समस्या  

kharibot

काठमाडौँ । सामाजिक सञ्जाल एप फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करीब आठ घण्टा खराब भएपछि हाल ठीक भएको छ । 

यी एप पूरै ठप्प नभए पनि यिनका केही फिचरमा समस्या देखिएको थियो । फेसबुकले समस्या हटाइसकिएको बताएको छ । 

यी एपमा तस्वीर र भिडियोसम्बन्धी समस्या देखा परेको थियो । फेसबुक वेबसाइट र एपमा न्युजफिडमा केही तस्वीर लोड भएको थिएन भने इन्स्टाग्राममा पनि त्यस्तै समस्या देखिएको थियो । 

फेसबुकमा रहेका केही तस्वीर, भिडियो अथवा अन्य डाटा एप अथवा वेबसाइट दुवैमा एक्सेस नभएको धेरै प्रयोगकर्ताको गुनासो थियो । 

त्यस्तै, इन्स्टाग्राममा स्टोरेज हेर्न समस्या आइरहेको थियो भने केही तस्वीर लोड भइरहेको थिएन । 

फेसबुकले ट्वीट गरी उक्त समस्या पत्ता लागिसकेको र यसलाई सुधार्न कोसिस जारी रहेको जानकारी दिइको थियो । 

फेसबुक र इन्स्टाग्राममा केही तस्वीर सही ढंगले लोड भइरहेका थिए भने केही खाली देखिएका थिए । केही प्रयोगकर्ताले म्यासेन्जरमा म्यासेज हेर्न पनि समस्या आएको उल्लेख गरेका थिए । 

तर, आठ घण्टापछि नेपाली समयअनुसार आज बिहान करीब ५ बजेर २० मिनेटमा फेसबुकले ट्वीट गरी आफ्नो एप र प्लेटफर्ममा देखिएका समस्या समाधान गरिसकेको जानकारी दिएको थियो । 

अघिल्लो वर्ष पनि फेसबुक र उसका ह्वाट्सएप तथा इन्स्टाग्राममा यस्तै समस्या देखिएको थियो । 

एप र वेबसाइटमा प्राविधिक गडबडीका कारण समस्या देखिनु सामान्य हो । यस्तो तब हुन्छ जब धेरै प्रयोगकर्ताले एकैपटक यी एप र वेबसाइटको प्रयोग गर्छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै