• २०८१ बैशाख १३ बिहीबार

कबीर सिंह दुई सय करोड क्लबमा, तोड्यो सलमानको रेकर्ड

kharibot

मुम्बई । बलिवुड अभिनेता शाहिद कपुर र कियारा अडवाणीको नयाँ फिल्म कबीर सिंहले भारतीय बक्स अफिसमा निरन्तर उत्कृष्ट कलेक्सन गर्दै कैयौ रेकर्ड तोडेको छ ।

रिलिजको १३ औ दिनसम्म आइपुग्दा कबीर सिंहले २ सय करोडको कलेक्सन गरेको छ । फिल्मले बुधबार ७ करोड ५३ लाख कलेक्सन गर्दै बक्स अफिसमा २ सय ६ करोड ४८ लाख कलेक्सन गरेको छ ।

कबीर सिंहले सन् २०१९ मा रिलिज भएका सबै फिल्म भन्दा छिटो २ सय करोड क्लबमा फिल्म समेत बनेको छ । फिल्मले सुपरस्टार सलमान खानको फिल्म भारतको रेकर्डलाई समेत तोडेको छ । भारतले १४औ दिनमा २ सय करोड क्लबमा पुगेको थियो भने कबीर सिंहले एक दिन अगाडी नै २ सय करोड क्लबमा पुगेको छ ।

त्यस्तै यस बर्ष रिलिज भएको फिल्म उरीले २८औ दिनमा २ सय करोड क्लबमा पुगेको थियो ।

कबीर सिंहले रिलिजको ५ दिनमा सय करोड, ९ दिनमा १५० करोड, १० दिनमा १७५ करोड र १३ दिनमा २ सय करोड कल्केसन गरेको छ ।

फिल्मले अझै पनि राम्रो कलेक्सन गरिरहेकाले फिल्मले साढे २ सय देखि ३ सयसम्मको कलेक्सन गर्न सक्ने बलिवुड फिल्म विश्लेषक तरण आदर्शले बताएका छन् ।     

फिल्मले बक्स अफिसमा कैयौ रेकर्ड समेत तोडेको छ । फिल्मले अभिनेता शाहिद कपुरको क्यारियरमा अहिलेसम्म कै सफल फिल्मको रेकर्ड त बनायो नै यसले यस बर्ष रिलिज भएका फिल्मका कैयौ रेकर्ड तोडिएको छ ।

दक्षिण भारतको ब्लकबष्टर फिल्म अर्जुन रेड्डीको रिमेक कबीर सिंहमा शाहिद कपुर र कियारा आडवाणीको प्रमुख भूमिका रहेको छ । सेन्सरले एडल्ट सर्टिफिकेट दिनुमा यस फिल्ममा शाहिद कपुरले पागल प्रेमीको भूमिकामा रहेका छन् । फिल्म २ घण्टा २४ मिनेटको रहेको छ भने फिल्मलाई सन्दीप वांगाले निर्देशन गरेका छन् ।

यस फिल्मलाई भारतीय सेन्सर बोर्डले ए सर्टिफिकेट दिएर यस फिल्मलाई सिनेमा हलमा गएर बालबालिकाले हेर्न नपाउने बनाए पनि फिल्मलाई दर्शकले अत्याधिक मन पराएका छन् ।

फिल्ममा शहिद र कियारा दुवै मेडिकल विद्यार्थी हुने र शाहिद (कबीर सिंह) ले कियारालाई जबर्जस्ती प्रेम गर्ने र अन्तत: कियाराको मन जित्न सफल हुने तर पछि दुवैबीच बिछोड हुने कथा रहेको बताइएको छ । कियारासँगको बिछोड पछि शाहिद कुलतमा फस्ने समेत फिल्ममा देखाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै