• २०८१ बैशाख १२ बुधबार

राष्ट्र बैंकद्धारा लगानी आव्हान : एक बर्षको लागि ५८ करोड रुपैयाँ राख्ने

kharibot

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुलाई संस्थागत लगानीको आव्हान गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज बिहिबार परिपत्र जारी गर्दे राष्ट्र बैंकले बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई तीन सय ६५ दिने मुद्धती निक्षेपककोरुपमा ५८ करोड पाँच लाख रुपैयाँ बराबरको संस्थागत निक्षेप राख्नको लागि आव्हान गरेको हो । 

राष्ट्र बैंकका अनुसार निक्षेप राख्न चाहाने बैंक तथा फाईनान्स कम्पनीहरुले यही असार २२ गते अर्थात आगामी आईतबार अपरान्ह तीन बजेसम्म आफ्नो संस्थाले राख्न चाहेको निक्षेप रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी आवेदन दिनु पर्ने छ ।

आव्हान गरिएको कुल रकम मध्ये २८ वटा बाँणिज्य बैंकहरुको लागि ४६ करोड ४५ लाख, बिकास बैकहरुको लागि आठ करोड ७० लाख र फाईनान्स कम्पनीहरुको लागि दुई करोड ९० लाख रुपैयाँ छुट्याईको छ ।

राष्ट्र बैंकका अनुसार यो रकम २०७६ साउन एक गते देखि २०७७ असार ३१ गतेसम्मको लागि राख्न लागिएको हो । 

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै