• २०८१ बैशाख १२ बुधबार

कमलपोखरी पुननिर्माणका लागि शिलान्यास : एक बर्षभित्र बन्ने 

kharibot

काठमाडौं । बिहीबार कमलपोखरी पुननिर्माणका लागि शिलान्यास भएको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी र वडाध्यक्ष भरतलाल श्रेष्ठले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । शिलान्यासपछि औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।

त्यस क्रममा बोल्दै संघीय संसद सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले पोखरी पुननिर्माणका लागि महानगरको नेतृत्व र लगानीप्रति प्रशंशा गर्दै नक्साल भगवतीदेखि नागपोखरीसम्म अघि सारिएको सम्पदा पुनर्स्थापनाको कार्यक्रममा पनि नेतृत्व लिन आग्रह गरे ।

कमलपोखरीको बचावटमा स्थानीय योगदानमाथि चर्चा गर्दै उनले, समयमा निर्माण सम्पन्न हुनुमा ठेकेदारले कबोल गरेको लागत अनुमानभन्दा कम रकम चुनौती हुन सक्नेप्रति सचेत रहनु पर्ने खाँचो देखाए ।

कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सम्पदा पुननिर्माणलाई पर्यटनसँग जोडेर दिगो व्यवस्थापनमा आफ्नो ध्यान गएको उल्लेख गरे । पोखरीलाई जीबन्त बनाउन छेउमा भएको प्रहरी कार्यालयलाई अर्को व्यवस्थित ठाउँमा सारिने कार्यक्रममा मेयर शाक्यले बताए । 

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य नरोत्तम बैद्यले पोखरीलाई पुनभरण गर्न मिल्ने बनाउनु पर्ने बताए । महानगकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले यसको सौन्दर्यीकरणमा प्राप्त हुने सफलताले महानगरको गरिमा बढ्ने बताईन । त्यस्तै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बिदेशबाट आएर ठमेल जाने पर्यटकलाई रमाउने ठाउँ बन्ने बताए ।

यो पनि पढ्नुस् :-


यस्तो बन्दै छ कमलपोखरी !


पार्क पुननिर्माण गर्दा मोटा आकारका दर्जिन ढुङ्गाको प्रयोग हुनेछ । पोखरी पुननिर्माणका बिषयमा जानकारी दिँदै महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पानी पुनभरण व्यवस्था मिलाउन सिमेन्टको जडान नराखिने बताए ।

९ करोड ४६ लाख ९९ हजार ५०२ रुपैयाँ ८१ पैसा लागत अनुमान गरिएको पोखरी पुननिर्माण तथा सौन्दर्यीकरणको काम धनञ्जय कंडेल जे. भि. रानीबारीले ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँ ६३ पैसा कबोल गरेर जिम्मा पाएको छ । ठेक्केदारलाई महानगरले असार ६ गते कार्यादेश दिएको हो । २०७७ असार १५ गतेभित्र निर्माणका सबै काम सक्नु पर्ने शर्तका आधारमा निर्माण पक्षले पार्क भित्र पोखरी वरिपरि ठूला—ठूला ढुंगाको छापिएको सिंढी बनाउनेछ ।

पार्क अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोर हुनेछ । पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना—साना पोखरी बनाइनेछन् । आगन्तुकलाई बस्नका लागि चौताराहरु पनि निर्माण गरिनेछन् । पोखरीको पूर्वतर्फबाट ६० मिटरसम्म भित्र पानीतर्फ जान मिल्ने संरचना हुनेछ । वरिपरि बिजुली जडान गरेर झिलीमिली पारिनेछ । त्यहाँ खुल्ला व्यायाम गर्ने ठाउँ, व्याटमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ । पूर्वतिर मुल गेट हुने पोखरी प्रवेश गर्न ३ वटा प्रवेश द्वार बनाइनेछन् ।

पोखरीको पुननिर्माण गर्न महानगरको करिअर क्याम्पमा आएका आर्किटेक्ट इञ्जिनियर प्रियङ्का प्रधान, सिभिल इञ्जिनियर नितेष श्रेष्ठ र प्रभात गौत्तमले डिजाइन गरेका हुन् । उनीहरुकाअनुसार प्रहरी वृत्त कमलपोखरी रहेकोसहित यो पोखरी करीब ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै