• २०८१ बैशाख १३ बिहीबार

प्रहरीका पूर्वमहानिरिक्षक ठकुरीद्वारा सर्वोच्चमा आत्मसमर्पण

kharibot

फाइल तस्बीर

काठमाडौं । सर्वोच्च अदालतले चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर गरेका नेपाल प्रहरीका पूर्वमहानिरिक्षक रमेश चन्द ठकुरीले आत्मसमर्पण गरेका छन् । 

सर्वोच्च अदालतले दोषी ठहर गरेको दुई वर्षसम्म फरार रहेका उनले सर्वोचच अदालतलमै आएर बिहीबार आत्मसमर्पण गरेका हुन् । 

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले दुई वर्षअघि उनलाई दोषी ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति मिसन सुडानका लागि प्रहरीले खरीद गरेको बन्दोबस्ती सामान गुणस्तरीय नभएको आरोपमा २८ करोड ८१ लाख बिगो दाबीसहित २०६८ जेठ २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेषले २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको थियो। विशेषले प्रहरीका तीन पूर्व महानिरीक्षक तथा ठेकेदार कम्पनी र तिनका प्रतिनिधिलाई दोषी ठहर गरेको थियो। ३१ प्रहरी अधिकारीलाई भने विशेषले सफाई दिएको थियो।

विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको इजलासले गरेको फैसलामा प्रहरीका पूर्व महानिरीक्षक ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । जनही दुई वर्षको कैद सजाय पनि इजलासले सुनाएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै