• २०८१ बैशाख ८ शनिबार

द्वन्द्व पिडितहरुको चित्रण गर्दै “अझै दुख्छ घाउ“ नाटक मन्चन

kharibot

काठमाडौँ । शैली थिएटरले द्वन्द्व पिडितहरुको अबस्थालाई चित्रण गर्ने गरि नाटक “अझै दुख्छ घाउ“ मन्चन गर्यो । यो नाटक महिला, कानुन र बिकास मन्चले आयोजन गरेको फोटो प्रदर्शनीको उत्घाटन समारोहमा देखाइएको हो ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा पाँच दिन सम्म चल्ने यस कार्यक्रममा द्वन्द्व र द्वन्द्व पिडितबारे नाटक मन्चन, फोटो प्रदर्शनी,वृतचित्र, र छलफल चलाइने छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय अनुपराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा महिला, कानुन र बिकास मन्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले कार्यक्रमकोबारे प्रकाश पारेका थिए ।

राधिका (प्रियन्का चौधरी) र उसका बुवा लोकबहादुर (देबेन्द्र बब्लु) कुनै गाउँमा सरल जीवन बाचिरहेका हुन्छ्न । देशमा द्वन्द्व चलिरहेको बेला गाउँमा बस्न गाह्रो हुन्छ। सामाजिक काम गर्न लोकबहादुरलाई गाह्रो पर्छ । उसलाई चन्दा नदिएको नाममा पटक पटक धम्की दिने काम हुन्छ । राधिका पनि स्कुल जान पाउदिन, उसका साथीहरूलाई कार्यक्रम लग्ने नाममा जङ्गल लगेर बन्धुक बोक्न लगाइन्छ । उ भागेर बाच्छे। यता उसको बुवा लोकप्रसादलाइ भने भौतिक कार्वाही गरिन्छ । बुवालाइ खोज्ने क्रममा राधिकालाइ प्रशासनले समात्छ र बुवाले बिद्रोहिलाइ सहयोग गरेको नाममा जेलमा राखिन्छ। जेलमा उसलाई पटकपटक बलात्कार गरिन्छ। महिनौं सम्म बलात्कार गरेको दृश्यलाई साकेतिक रुपमा देखाइन्छ र उनको अबस्थालाइ कबिता मार्फत बुझाइन्छ ।

राधिका आफ्नो अबस्थालाइ कवितामा भन्छिन् : 

किन तिमीहरू मलाई  मान्छे ठान्दैनौ?
कि मलाई देबि देख्छौ,
कि मलाइ दासी देख्छौ,
किन तिमीहरू मलाइ मान्छे देख्दैनौ?

म भित्र तिम्रो जस्तै रगत देख्दैनौ,
म भित्र तिम्रो जस्तै भावना देख्दैनौ,
देख्छौ त केबल मेरो योनी ।
किन तिमीहरू मलाइ मान्छे देख्दैनौ?

केही बर्षपछि देशमा शान्ति स्थापना भएपछि बुवा छोरीको भेट हुन्छ । बुवाको दुबै खुट्टा काम नगर्ने अबस्थामा बैसाखी टेक्दै आउछन भने छोरी राधिका अर्धहोसमा हुन्छिन । उनीहरु न्याय माग्दै विविध कार्यलयमा हिड्छन । अन्त्यमा जब द्वन्द्व ब्यबस्थापन आयोगको अध्यक्ष (करिष्मा केसि) सग भेट हुन्छ । उनले सहयोग गर्ने बाचा गर्दै भन्छिन,  “किन चुप लागेकी राधिका, मनको कुरा खोल।“ मौन रहेकी राधिका झस्कन पुग्छिन । अनि राधिका बेहोस अबस्थामा भन्छिन्, “म खोल्दिन । अब खोल्दिन मेरा कपडा । मैले भने त म सग बम छैन भनेर।“ अनि नाटक सकिन्छ र द्वन्द्व ब्यबस्थापन बारेमा छलफल हुन्छ ।

शैली थिएटरका कार्यक्रम समयोजक नारायण न्यौपानेको लेखन एबम निर्देशनमा तयार गरिएको यस नाटकमा बिशाल घिमिरे, प्रियन्का चौधरी, देबेन्द्र बब्लु, सुबास सुवेदी, रोबिन तामाङ, करिश्मा केसि, सुरन्जन शर्मा, राज सुवेदी, निर्भिक भट्टराई, रुपक काफ्ले, प्रकृस्ट रेग्मीले अभिनय गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै