• २०८१ बैशाख ११ मंगलबार

साताको सेयर : नेप्से १२ सय ६० अंकमा, दुई अर्ब ६६ करोडको खरिद बिक्री

kharibot

काठमाडौं । यो साता एक सय ७४ कम्पनीहरुको ३४ हजार छ सय ९२ वटा कारोवार भएकाछन ।

जसअनुसार एक करोड ६१ लाख ६३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब ६६ करोड ९७ लाख १९ हजार एक सय ४२ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा बढी हो । 

गत साता भने नेप्सेमा एक सय ७३ कम्पनीहरुको ३१ हजार छ सय ७७ वटा कारोवार भएको थियो । जसअनुसार ७६ लाख ७२ हजार पाँच सय ६४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब ५२ करोड ६१ लाख ५८ हजार एक सय ८७ रुपैयाँ पुगेको थियो ।

यो साता बजार परिसुचक १२ सय ६० दसमलव ४७ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ७१ दसमलव ४५ अंकमा पुगेर रोकिएको छ ।

यो साता नेप्सेको नियिमत कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो र पाँचौ दिन नेप्से घटेको थियो भने तेस्रो र चौथो दिन नेप्से बढेको थियो ।  

पहिलो दिन बजार परिसुुचक १२ दसमलव २७ अंकले घटेर १२ सय ४४ दसमलव ८९ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ९२ अंकले घटेर दुई सय ६९ दसमलव ६४ अंकमा झरेको थियो ।

दोस्रो दिन बजार परिसुचक दुई दसमलव ८६ अंकले घटेर १२ सय ४२ दसमलव तीन अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७२ अंकले घटेर दुई सय ६८ दसमलव ५२ अंकमा झरेको थियो । तेस्रो दिन भने बजार परिसुचक ११ दसमलव दुई अंकले उकालो लागेर १२ सय ५३ दसमलव छ अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स एक दसमलव ४३ अंकले बढेर दुई सय ६९ दसमलव ९६ अंकमा चढेको थियो ।

साताको चौथो दिन सेयर बजार परिसुचक १५ दसमलव ६२ अंकले बढेर १२ सय ६८ दसमलव ६८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव दुई अंकले बढेर दुई सय ७२ दसमलव ९८ अंकमा चढेको थियो ।

साताको पाँचौ दिन भने सेयर बजार परिसुचक आठ दसमलव २७ अंकले घटेर १२ सय ६० दसमलव ४७ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ५३ अंकले घटेर दुई सय ७१ दसमलव ४५ अंकमा झरेको थियो । 

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक आदि परेकाछन ।

यसैगरी सेयर कारोवार भएको संख्याको आधारमा भने यो साता सिद्धार्थ लगानी बृद्धि योजना, प्रभु बैंक, शिवम सिमेन्ट आदि  परेकाछन । बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै