• २०८१ बैशाख ८ शनिबार

शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको छ -प्रचण्ड

kharibot

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताएका छन् ।

समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले शान्ति प्रक्रिया भाड्नकै लागि केही मानिसलाई युरोप घुमाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रममा प्रचण्डले आफ्ना पूर्व सहकर्मीहरुलाई डा. बाबुराम भट्टराई र मोहन वैद्यलाई पार्टी एकतामा आउन समेत आग्रह गरे ।

उनले नयाँ बनाउँछु भनेर हिडेका डा. बाबुराम भट्टराईको पीएचडी -बौद्धिकता)ले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने दाबी गर्दै नेताहरुले सम्मान दिन तयार रहेको बताए । प्रचण्डले भने, ‘कसरी सम्झाउने होला भनेर चिन्त लागेको छ । उहाँहरुले पनि भनिदिनुपर्‍यो, के सम्मान गर्‍यो भने आउनुहुन्छ ।’

उनले मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि एकता प्रक्रियामा आउन आग्रह गरे । 

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पराजुली, धमलासँगै गुणाखर बस्याल, मनु हुमागाईलगायतका समाजवादी पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।

नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेपछि यो समूह असन्तुष्ट थियो । एकता गर्दा छलफल नगरिएको र उचित जिम्मवारी नदिएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै