• २०८१ बैशाख ८ शनिबार

प्रभावकारीरुपमा सेवा प्रवाह गर्न सभामुखको निर्देशन

kharibot

फाइल तस्बीर

। दाङ / सभामुख कृष्णबहादुर महराले नागरिकलाई छिटोछरितो निष्पक्ष भई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न निर्देशन दिएका छन । दाङका कार्यालय प्रमुखहरुलाई आज जिल्ला प्रशासन कार्यालयमा उले जनताका कामलाई द्रुत गतिमा सम्पन्न गर्न र विकास निर्माणका कामलाई तीव्र गति दिन निर्देशन दिए ।

उनले भने , “तपाईंहरु कर्मचारी मानसिकताबाट माथि उठेर उत्कृष्ट सेवा प्रवाह गर्नुहोस्, काम गर्ने क्रममा समस्या भए म पहल गर्छु ।” त्यस अवसरमा जिल्लाको समग्र विकास निर्माणको अवस्था तथा शान्ति सुरक्षाका बारेमा प्रजिअ गोविन्दप्रसाद रिजालले सभामुख महरालाई जानकारी गराउनु भएको थियो । सभामुख महरा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभाका सदस्य हुन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै