• २०८१ बैशाख ८ शनिबार

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणकालागि ९९ स्वास्थ्य संस्था छनोट (सूचीसहित) 

kharibot

काठमाडौं । श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएको जनाएको छ । 

मन्त्रालयबाट खटिएका प्राविधिकहरु सहितको टोलीबाट भएको स्थलगत अनुगमन निरीक्षण प्रतिवेदनको आधारमा विशेषज्ञ समितिबाट भएको सिफारिस बमोजिम ९९ वटा संस्थाहरु छनोट गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार मलेसिया सरकारबाट प्राप्त भए बमोजिमको मापदण्ड पूरा गरेसँग ती संस्थाहरु छनोट भएका हुन् । 

मन्त्रालयले कुल २९० वटा स्वास्थ्य संस्थाको नामवली मलेसिया पठाएको थियो तर मापदण्ड पुरा नगरेको भन्दै १३८ वटा स्वास्थ्य संस्था भने छनोट हुन सकेनन् । 

यसअघि ३८ वटा स्वास्थ्य संस्थाले मात्र कामदारको स्वास्थ्य परिक्षण गर्दै आएको थियो । श्रम मन्त्री गोर्कण विष्टले मलेसियाली रोजगारीको क्रममा सिन्डिकेट कायम रहेको भन्दै नयाँ स्वास्थ्य संस्थालाई स्वास्थ्य परिक्षण गर्न दिनुपर्ने अडान लिएसँगै नयाँ स्वास्थ्य संस्था आउने वातावरण बनेको हो । सोहि अनुरुप मलेसियाले मापदण्ड पठाई नयाँ स्वास्थ्य संस्थालाई स्वास्थ्य परिक्षण गर्न दिन लागिएको हो । 

नेपाल र मलेसियाबीच गत कार्तिक १२ गते श्रम सम्झौता (एमओयु) भएको थियो । सम्झौता अनुरुप नेपाली श्रमिक निःशुल्क मलेसिया जान पाउनेछन् अर्थात् श्रमिकको शुल्क रोजगारदाताले व्यहोर्ने छन् । भिसा शुल्क, स्वास्थ्य परीक्षण ,हवाई टिकत लगायतका खर्च रोजगारदाताले व्यहोर्ने छन् ।

मलेसियाली रोजगारको विषयमा स्वास्थ्य संस्था छनोट, श्रम सम्झौता लगायतका काम भए पनि मलेसियाली रोजगारी खुल्ने विषयमा भने हालसम्म मन्त्रालयबाट कुनै निर्णय सार्वजनिक हुन सकेको छैन ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै