• २०८१ बैशाख १४ शुक्रबार

प्रचण्डलाई बाबुरामको जवाफ : मनांगेजस्ता 'बौद्धिक' भएको पार्टीमा अरू बौद्धिकको आवस्यक पर्छ र ?  

kharibot

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा अध्यक्ष प्रचण्डलाई कडा जवाफ दिएका छन् ।

नेकपामा फर्किन प्रचण्डले गरेको आग्रहको जवाफ दिदै डा.भट्टराईले ट्वीट गर्दै कमरेड दीपक मनांगे जस्ता “बौद्धिक”भएको पार्टीमा अरु बौद्धिकहरुको आवश्यक नपर्ने जावाफ दिएका छन् ।

प्रचण्डले शुक्रबार तत्कालिन नयाँशक्ति नेपाल पार्टीका उत्च्च नेताहरुलाई नेकपा प्रवेश गराउने कार्यक्रममा नयाँ बनाउँछु भनेर हिडेका डा. बाबुराम भट्टराईको पीएचडी (बौद्धिकता) ले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने दाबी गर्दै नेकपामा फर्किन आग्रह गरेका थिए ।

डा. भट्टराईले भनेका छन्, कमरेड दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ?' 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै