• २०८१ बैशाख ५ बुधबार

दक्षिण अफगानिस्तानमा छ सुरक्षा अधिकारी मारिए

kharibot

कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मिवान्द जिल्लामा बिहीबार राति भएको एक झपडमा छ सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी प्रमुख हाजी लालाले शुक्रबार उक्त जानकारी दिएका छन् ।  

मिवान्द जिल्लामा रहेको मिवान्द बजारमा अवस्थित एक प्रहरीचौकीमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणपछि सुरक्षा अधिकारीहरु गरेको जवाफी कारवाहीमा छ सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य चार घाइते भएका लालाले बताएका छन् । 

यस झपडको क्रममा तालिबान लडाकू समूहको सदस्यहरु पनि हताहत भएका छन् तर  यसको यकिन सङ्ख्या भने प्राप्त भएको छैन । यस झडपको विषयमा अफगान सरकारसँग लडाइँ गरिरहेको तालिबान समूहले भने कुनै टिप्पणी गरेका छैनन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै