• २०८१ बैशाख १३ बिहीबार

बारामा पर्यटन प्रवर्धन सम्बन्धि दुई दिने तालिम सञ्चालन

kharibot

बारा । पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक दुई दिने तालिम शुक्रवार बाराको अमलेखगंजमा शुरु भएको छ ।

पूर्वाधार विकास कार्यालय , बिरगंज र स्वावलम्बी सचेतना अभियान , नेपालको आयोजनामा तालिम सञ्चालन गरिएको हो । 

तालिममा नेपाल पत्रकार महासंघ केन्द्रीय पूर्व अध्यक्ष समेत रहेका सुरेशराज आचार्यले तालिममा सहभागिहरुलाई पर्यटन प्रवद्र्धन सम्बन्धी तालिम दिएका छन् । 

तालिममा बाराका करिव ३० जना पत्रकारहरुको सहभागिता रहेको छ । पर्यटन प्रवद्र्धनका क्षेत्रमा कलम चलाउँने उद्देश्यले तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक रेशम तिवारीले जानकारी दिए । 

प्रदेश सभा सदस्य प्रदेश नम्बर २ कि सदस्य शोभा लामाको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको छ । 

प्रदेश सभा सदस्यको संसदीय विकास कोष रकमलाई पुर्वाधार विकास कार्यालय , बिरगंजले तालिमको आयोजना गरिएको हो । 

रेशम तिवारीको संयोजकत्वमा सञ्चालित सो तालिममा बाराका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको छ । 

तालिम अघि सञ्चालित उद्घाटन कार्यक्रममा प्रदेश सदस्य सीता गुरुङ्ग , निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनाल , होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने , पर्यटन अभियन्ता युवराज लामा , जीतपुरसिमरा १७ का वडा अध्यक्ष नवराज खड्का , वडा नं.२० का अध्यक्ष रसुल अन्सारी , वडा नं.२१ का वडा अध्यक्ष कृष्ण ठकुरी वडा नं.२२ का वडा अध्यक्ष माणिकलाल थिङ्ग लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

यसै गरी कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश सचिव गुरुप्रसाद गौतम , नेपाल पत्रकार महासंघका प्रदेश सदस्यहरु सिकेन्द्र पासवान , प्रदेश सदस्य जीतलाल श्रेष्ठ , प्रदेश सदस्य भोजराज भट्टराई लगायतका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । 

तालिम आज र भोलि गरी दुई दिन सञ्चालन हुँने र भोलिको तालिम पश्चात पर्सा राष्ट्रिय निकुञ्ज अवलोकन भ्रमणको समेत व्यवस्था गरिएको पत्रकार गणेश राज रिजालले जानकारी दिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै