• २०८१ बैशाख १३ बिहीबार

शोयब मल्लिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

kharibot

काठमाडौँ । पाकिस्तानका क्रिकेटर शोयब मल्लिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

विश्वकप पछि एकदिवसीयपछि सन्यास लिने घोषणा गरेका मल्लिकले गएराती बंगलादेशविरुद्धको खेल खेल्ने मौका भने पाएनन् । तर बंगलादेशविरुद्ध ९४ रनको जितहासिल पछि पाकिस्तानी टिमले मल्लिकलाई गार्ड अफ अनर दिएको थियो ।

मल्लिकले सन्यासको घोषणा गर्दै मैले यो विश्वकपमा पाकिस्तानको अन्तिम खेलपछि सन्यास लिने भन्ने  केहि बर्ष अघि नै योजना बनाएको थिए । अब मैले मेरो परिवारलाई बढी समय दिने छु र टी-२० क्रिकेटमा बढी ध्यान दिने छु ।‘

क्यारियरमा २८७ एकदिवसीय क्रिकेट खेलेका मल्लिकले ७५३४ रन बनाएका छन् । जसमा उनले ९ शतक र ४४ अर्धशतक बनाएका छन् ।

एकदिवसीय क्रिकेटमा पाकिस्तानका लागि धेरै रन बनाउने मल्लिक पाँचौ खेलाडी हुन् । उनले भन्दा धेरै शहिद अफ्रिदी (८०२७), सइद अनवर (८८२४), मोहमद युसुफ (९५५४) र इन्जमाम उल हक(११७०१)ले रन बनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै