काठमाडौँ । पाकिस्तानका १९ बर्षिय तिब्र गतिका बलर शाहिन अफ्रिदीले विश्वकपमा नयाँ रेकर्ड बनाएका छन् ।
बंगलादेशविरुद्धको पाकिस्तानको यस विश्वकपको अन्तिम खेलमा ९.१ ओभरमा ३५ रन दिएर ६ विकेट लिएका अफ्रिदी पाकिस्तानका लागि अहिलेसम्म विश्वकपमा एक खेलमा धेरै विकेट लिने खेलाडी बन्दै नयाँ रेकर्ड कायम गरेका हुन् ।
यस विश्वकपमा १६ विकेटलिएका अफ्रिदीले विश्वकपमा ५ विकेटभन्दा बढी विकेटलिने युवा बलर समेत बनेका छन् । उले १९ बर्ष ९० दिनको उमेरमा विश्वकपमा ६ विकेट लिदै यस्तो रेकर्ड बनाएका हुन् ।
यस अघि विश्वकपमा कम उमेरमा ५ विकेट लिने रेकर्ड केन्याका बलर कालिस उबोयाको नाममा थियो । उनले सन् २००३ मा २१ बर्ष २१२ दिनको दिन ५ विकेट लिएका थिए ।
अफ्रिदीलेले विश्वकपमा १६ विकेट लिदै धेरै विकेट लिने युवा बलर, पाकिस्तानका लागि विश्वकपमा अहिलेसम्मको उत्कृष्ट बलिङ फिगर र ५ विकेट लिने युवा बलर जस्ता रेकर्ड बनाएका हुन् ।