• २०८१ बैशाख ८ शनिबार

वीरगञ्जको तेल उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

kharibot

पर्सा । वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो ।

बिहान २:३० बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नियन्त्रण गर्ने प्रयासमा लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले आगोलाई नियन्त्रण गर्न वीरगञ्ज, पोखरिया, सिमरा, अमलेखगञ्ज कलैयाबाट बारुणयन्त्र बोलाइएको बताए । 

तेलमा लागेको आगोलाई नियन्त्रण गर्न फोमको प्रयोग बारुणयन्त्रकर्मीले गरे पनि फोमको उपलब्धता कम भएकाले नियन्त्रणमा समस्या देखिएको प्रजिअ भट्टराईले जानकारी दिए । उनले वीरगञ्जमा फोम नभेटिएको कारण भारतको मोतिहारी तथा काठमाडौँबाट मगाउने प्रयास भइरहेको बताए ।

आगलागीबाट हुने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । राति उद्योगमा कोही नभएको बेला बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सकिने प्रहरीको अनुमान रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै