• २०८१ बैशाख १३ बिहीबार

सरकारलाई अनेरास्ववियुको प्रश्न : तरकारी प्रकरणमा विदेशी दबाबमा त परेन ?

kharibot

काठमाडौं । भारतबाट आयात हुने तरकारीको भन्सार विन्दुमा भइरहेको विषादी परीक्षण कार्य तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयप्रति सत्तारुढ नेकपाको विद्यार्थी संगठनले नै विरोध जनाएको छ । 

नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले सरकारको यो निर्णय संविधानविपरीत भएको दाबी गरेको हो ।

संगठनका कार्यवाहक अध्यक्ष रञ्जित तामाङले विज्ञप्ति निकाल्दै सरकारको निर्णय संविधानको धारा ३६ को खाद्य सम्बन्धी मौलिक हकको मर्मविपरीत रहेको दाबी गरेका हुन् ।

‘यो निर्णयबाट सरकार र सरकारका निकाय प्रत्यक्ष वा परोक्ष रूपमा कतै अनुचित विदेशी दबाबमा परेर पछि हटेका त हैनन् भन्ने गम्भीर आशंका समेत पैदा भएको छ, विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ कुनै पनि शक्ति केन्द्रको अनुचित दबाबमा नपरी आयतित विषाक्त फलफूल र तरकारीको सीमा क्षेत्रमा परीक्षण गरेर मात्र प्रवेश गराउने पूर्ववतः निर्णयमा अडिग रहन नेपाल सरकार र अन्य सम्बद्ध मन्त्रालय समक्ष जोडदार माग गर्दछौँ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै