नेपाललाई यही वर्ष साक्षर मुलुकका रुपमा घोषणा गरिन्छ : शिक्षामन्त्री पोखरेल 

खरीबोट

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाललाई यही वर्ष साक्षर मुलुकका रुपमा घोषणा गर्ने अभियान सञ्चालन गरिएको बताएका छन् ।

साक्षर मोरङ घोषणा समारोह तथा मोरङ जिल्ला खुला दिशामुक्त घोषणा समारोहमा उनले गरीबी घटाउन उत्पादन र सीपसँग जोड्नुपर्नेमा जोड दिए । 

मन्त्री पोखरेलले विगतमा शिक्षामा राजनीति भएको हुनाले अहिले सामुदायिक विद्यालयको अवस्था खस्केको बताए । उनले सङ्घीय सरकारले यस वर्ष २१२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तारका लागि प्रयोगशाला र प्राविधिक शिक्षकको व्यवस्था गर्न बजेट छुट्टयाएको बताए ।

स्थानीय सरकारले शिक्षा सेवा आयोग उत्तीर्णलाई शिक्षकमा नियुक्त गर्न आग्रह गर्दै उनले सङ्घीय सरकारले यस वर्ष एक हजार नमूना विद्यालय बनाई स्थानीय सरकारलाई सञ्चालनको जिम्मा दिने बताए । 

वर्तमान सरकार सामुदायिक विद्यालय सुधारका लागि १० वर्षे अभियानअन्तर्गत आगामी आव २०८५-८६ भित्र अभिभावक र विद्यार्थीको पहिलो रोजाइ सामुदायिक विद्यालय बनाउने उद्देश्यले काम गरिरहेको मन्त्री पोखरेलको भनाइ थियो । 

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विद्यालयले प्राविधिक शिक्षा र अङ्ग्रेजीमा पठनपाठन सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आगामी पाँच वर्षभित्र सामुदायिक विद्यालय सुधारका लागि ऐन ल्याइने जानकारी दिए । महानगरपालिका भित्रका १० विद्यालयलाई नमूनाको रुपमा विकास गरी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गरिने उनले बताए ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी, जिल्ला समन्वय समितिका संयोजक नरेशप्रसाद पोखरेल, शिक्षा विकास समन्वय एकाइका अध्यक्ष दीर्घ चापागाईं, सुधा श्रेष्ठलगायतले साक्षर र खुला दिशामुक्त घोषणा गर्न सबैको सहयोग आवश्यक भएको बताए ।

सम्बन्धित समाचार

योग शिक्षालाई विद्यालयसम्म पुर्याउछौ : शिक्षामन्त्री

भक्तपुर / शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले योग शिक्षालाई स्कुल स्कुलमा पुर्याउने बताएका छन । पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरले सोमबार आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठी एवं

नेपाललाई यही वर्ष साक्षर मुलुकका रुपमा घोषणा गरिन्छ : शिक्षामन्त्री पोखरेल 

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाललाई यही वर्ष साक्षर मुलुकका रुपमा घोषणा गर्ने अभियान सञ्चालन गरिएको बताएका छन् । साक्षर मोरङ घोषणा समारोह तथा मोरङ जिल्ला खुला दिशामुक्त

पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुस्– शिक्षामन्त्री पोखरेल

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गरेका छन्  । चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा आज

पूर्व शिक्षामन्त्री पौडेलको अन्त्येष्ठी, प्रचण्डसहितका नेताहरुको श्रद्धाञ्जलि 

चितवन । पूर्व शिक्षामन्त्री धनीराम पौडेलको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् । माडीको बघौडा अस्पताल अगाडि आज उनको


z