• २०८१ बैशाख ५ बुधबार

वीरगञ्जको तेल उद्योगको आगलागी चौध घण्टापछि नियन्त्रणमा

kharibot

पर्सा । वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरमा सञ्चालित सुशील वनस्पति प्रालिमा लागेको आगो १४ घण्टापछि नियन्त्रणमा आएको छ ।

उद्योगको प्याकेजिङ तथा गोदाममा बिहान २:३० बजेदेखि लागेको आगो अपराह्न ४:३० बजेपछि नियन्त्रणमा आएको हो ।

बारा र पर्सा जिल्लाका विभिन्न स्थानबाट आएका बारुणयन्त्रको सहयोगमा अग्नी नियन्त्रक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

उनले उद्योगमा आगलागी हुनुका कारणबारे अनुसन्धान भइरहेको बताए । आगलागीबाट रु २० करोडभन्दा बढीको धनमाल जलेर नोक्सान भएको उद्योगीले दाबी गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै