• २०८१ बैशाख ११ मंगलबार

दक्षिण अफ्रीकासँग अस्ट्रेलिया पराजित

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रीकाले अस्ट्रेलियालाई १० रनले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको ३२६ रनको लक्ष्य पछाएको अस्ट्रेलिया ४९.५ ओभरमा ३१५ रन बनाएर अल आउट भएपछि दक्षिण अफ्रीका १० रनले विजयी भएको हो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले शतकीय पारी खेलेका छन् । वार्नर १२२ रन बनाएर आउट भएका थिए । यो वार्नरको यस विश्वकपमा तेस्रो शतक हो ।

त्यस्तै अस्ट्रेलियाका लागि एलेक्स केरीले ८५ रन बनाएका थिए । त्यस्तै मार्कोस स्टोइनिसले २२, उसमान ख्वाजा १८, मिचेल स्टार्क १६, बेहरेनड्रोफले ११ रन बनाए ।कप्तान एरोन फिन्च ३, स्टिभ स्मिथ ७, ग्लेन म्याक्सवेल १२ रन बनाएर आउट भएका थिए ।

दक्षिण अफ्रीकाका बलर कागीसो रबाडाले सर्वाधिक ३ विकेट लिए भने डवाने प्रेटोरिअस र एन्दिले फेहलुक्वायोले २-२ विकेट तथा इमरान ताहिर र क्रिस मोरिसले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रीकाले ५० ओभरमा ६ विकेट गुमाउदै ३२५ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका लागि कप्तान फाफ डुप्लेसिसले शतक बनाउदै सय रन बनाएर आउट भएका थिए । त्यस्तै भान डेर दुसेनले उत्कृष्ट ९५ रन बनाएका थिए । त्यस्तै क्वेनटक डिककले ५२, एइडेन मार्क्रमले ३४, जेपी डुमीनीले १४ रन बनाएका थिए ।

अस्ट्रेलियाका बलर मिचेल स्टार्क र नाथन लियोनले २-२ विकेट लिए भने बेहरेनड्रोफ र पाट कमिन्सले एक एक विकेट लिए ।

जितसहित दक्षिण अफ्रीका अन्तिम खेलमा जितेर विश्वकपबाट बाहिरिएको छ । त्यस्तै अस्ट्रेलिया भने यो हारबाट अंक तालिकामा दोस्रो स्थान हासिल गरेको छ । भारतले अन्तिम खेलमा श्रीलंकालाई पराजित गरेसँगै र अस्ट्रेलिया पराजित भएपछि अब भारत अंक तालिकामा शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ ।

लिग चरणका सबै खेल सकिदा सेमिफाइनलमा अब भारतले चौथो स्थानमा रहेको न्युजील्याण्डसँग खेल्ने छ भने अस्ट्रेलियाले तेस्रो स्थानमा रहेको इङल्याण्डसँग खेल्ने छ ।

अब पहिलो सेमिफाइनलमा भारत र न्युजील्याण्ड आगामी मंगलबार खेल्ने छन् । त्यस्तै दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र इङल्याण्ड आगामी विहिबार खेल्ने भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै