अपमानित भएर खेल्न चाहन्न – लियोनेल मेसी

खरीबोट

काठमाडौँ । अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीले यस पटकको कोपा अमेरिका ब्राजिललाई जिताउने गरि सबै कुरा ‘सेटअप’ गरिएको आरोप लगाएका छन् ।

चिलीविरुद्ध २-१ गोल अन्तरले जित हासिल गर्दै कोपामा तेस्रो स्थान हासिल गरेको अर्जेन्टिनाको यस खेलमा मेसीले खेलको ३७औ मिनेटमा विवादस्पद रातो कार्ड पाउदै मेसी बाहिरिएका थिए ।

मेसीले खेलपछि मिडियासँग कुरागर्दै कोपामा रेफ्रीले पक्षपात गरेको फेरी आरोप लगाएका छन् । 

मेसीले भने,’ब्राजिललाई कोपा जिताउन बनाइएको योजनामा कुनै शंका छैन । म यस्तो अपमानजनक प्रतियोगिताको हिस्सा हुन चाहान्न र अर्जेन्टिनापनि यसरी अपमानित भएर कोपा खेल्नु हुदैन ।’

मेसीले रेफ्रीले सहि निर्णय दिएको भए आफुहरु फाइनलमा पुग्ने दाबी समेत गरे । प्रतियोगितामा रेफ्री करप्ट भएको आरोप लगाउदै मेसीले ब्राजिलविरुद्धको खेल पछि आफुले बोलेको कुरा सहि बोलेको बताए ।

मेसीले यस प्रतियोगिताको आयोजना बारे प्रश्न उठाउदै खेल्ने मैदान राम्रो नभएको रेफ्रीले सहि निर्णय नदिएको आरोप सुरु देखि नै लगाउदै आएका छन् ।

प्रतियोगितामा कुल ६ खेल खेलेका मेसी केबल एक गोल गर्दै कोपा अमेरिकाको यात्रा रातोकार्डसहित टुंगाएका छन् ।

सम्बन्धित समाचार

डेडलाइन डे : डिबाला युभेन्टसमै बस्ने, लुकाकु पुगे इन्टरमिलान

काठमाडौँ । प्रिमियर लिगको खेलाडी ट्रान्सफरको डेडलाइन डेको अन्तिम समयमा केहि खेलाडी ट्रान्सफर भएपनि केहि चर्चित ट्रान्सफर हुने सम्भावना सकिएको छ । अहिलेसम्मको सम्झौता अनुसार म्यानचेस्टर युनाइटेडका रोमेलु लुकाकुले युनाइटेड छोडेर

डेविड लुइसले 'सरप्राइज' रुपमा चेल्सी छोडे, आर्सनलसँग सम्झौता हुदै

काठमाडौँ । ब्राजिलका ३२ बर्षिय डिफेन्डर डेविड लुइसले चेल्सी छोडेर आर्सनलसँग सम्झौता गर्ने भएका छन् । बिबिसीका अनुसार लुइसले आर्सनलसँग दुई बर्षको सम्झौता गर्न लागेको उल्लेख गरेको छ । लुइसले आजै

ब्राजिलका गाब्रियल जिससलाई दुई महिनाको प्रतिबन्ध

काठमाडौँ । ब्राजिलका फरवार्ड गाब्रियल जिससलाई कोपा अमेरिका फुटबल फेडेरेशनले दुई महिनाको प्रतिबन्ध लगाएको छ । म्यानचेस्टर सिटीबाट खेल्ने स्टार खेलाडी जिससलाई फाइनल खेलमा रातो कार्ड पाएपछि गरेको व्यवहारका कारण फेडेरेशनले

लिभरपुललाई हराउदै म्यानचेस्टर सिटीले जित्यो कम्युनिटी शिल्ड

काठमाडौँ । प्रिमियर लिग क्लब च्याम्पियन म्यानचेस्टर सिटीले सिजनको शुरुमै खेलिने कम्युनिटी शिल्डमाथि कब्जा गरेको छ । गएराती भएको खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीले कम्युनिटी शिल जितेको हो ।


z