• २०८१ बैशाख ४ मंगलबार

अपमानित भएर खेल्न चाहन्न – लियोनेल मेसी

kharibot

काठमाडौँ । अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीले यस पटकको कोपा अमेरिका ब्राजिललाई जिताउने गरि सबै कुरा ‘सेटअप’ गरिएको आरोप लगाएका छन् ।

चिलीविरुद्ध २-१ गोल अन्तरले जित हासिल गर्दै कोपामा तेस्रो स्थान हासिल गरेको अर्जेन्टिनाको यस खेलमा मेसीले खेलको ३७औ मिनेटमा विवादस्पद रातो कार्ड पाउदै मेसी बाहिरिएका थिए ।

मेसीले खेलपछि मिडियासँग कुरागर्दै कोपामा रेफ्रीले पक्षपात गरेको फेरी आरोप लगाएका छन् । 

मेसीले भने,’ब्राजिललाई कोपा जिताउन बनाइएको योजनामा कुनै शंका छैन । म यस्तो अपमानजनक प्रतियोगिताको हिस्सा हुन चाहान्न र अर्जेन्टिनापनि यसरी अपमानित भएर कोपा खेल्नु हुदैन ।’

मेसीले रेफ्रीले सहि निर्णय दिएको भए आफुहरु फाइनलमा पुग्ने दाबी समेत गरे । प्रतियोगितामा रेफ्री करप्ट भएको आरोप लगाउदै मेसीले ब्राजिलविरुद्धको खेल पछि आफुले बोलेको कुरा सहि बोलेको बताए ।

मेसीले यस प्रतियोगिताको आयोजना बारे प्रश्न उठाउदै खेल्ने मैदान राम्रो नभएको रेफ्रीले सहि निर्णय नदिएको आरोप सुरु देखि नै लगाउदै आएका छन् ।

प्रतियोगितामा कुल ६ खेल खेलेका मेसी केबल एक गोल गर्दै कोपा अमेरिकाको यात्रा रातोकार्डसहित टुंगाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै