• २०८१ बैशाख १३ बिहीबार

प्रयासको 'प्राञ्जल' विमोचित 

kharibot

काठमाडौँ । युवा लेखक प्रयास दुमी राईको पहिलो उपन्यास 'प्राञ्जल' अनामनगरस्थित मण्डला थियटरमा गत शुक्रबार सार्वजनिक भएको छ । २२ वर्षीय उपन्यासकार प्रयासको जन्म खोटाङको माक्पामा भएको हो । 

मूलबाटो प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा सँस्थाकी अध्यक्ष प्रगति राई, कवि स्वप्निल स्मति र युवा अध्येता प्रभात राई वक्ताको रुपमा उपस्थित थिए । 

कार्यक्रममा बोल्दै आयोजक सँस्थाकी अध्यक्ष प्रगति राईले युवाहरुलाई साहित्यमा आकर्षित गराउने उद्धेश्य राखेर उनको सँस्थाले उक्त विमोचन कार्यक्रम आयोजना गरेको बताइन् ।

कवि स्वप्निल स्मृतिले विश्वका महान् व्यक्तिहरुले युवावस्थामा आविष्कार र सिद्धान्तहरु प्रतिपादन गरेको र प्रयास दुमी राईको पनि साहित्यमा त्यस्तो सम्भावना रहेको बताए ।

युवा वक्ता प्रभात राईले आख्यानमा प्रयासको कवितात्मक शैलीको खुलेर तारिफ गरेका थिए। कार्यक्रममा बोल्ने क्रममा लेखक प्रयास आफ्ना सहयोगी अभिभावकहरु सम्झेर भावुक भएका थिए ।

थियटरको दर्शक क्षमताभन्दा बढी उपस्थिति रहेको लोकार्पण कार्यक्रम कवि बच्चु हिमांशुले सञ्चालन गरेका थिए । उपन्यास 'प्राञ्जल'लाई बुलबुल पब्लिकेशनले बजारमा ल्याएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै