• २०८१ बैशाख ११ मंगलबार

नेविसंघको तरकारीको माला लगाएर प्रदर्शन 

kharibot

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थीहरुले विना जाँच भारतबाट विषादीयुक्त तरकारी र फलफूल भित्र्याउन अनुमति दिएको भन्दै प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी संघका निबर्तमान महामन्त्री कुन्दन काफ्ले र नेता राम प्रसाद अधिकारीको नेतृत्वमा वाल्मिकी क्यामपसबाट विरोध जुलुश निस्किएको थियो ।

भारतको दबावपछि सरकारले भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण स्थगित गरेको थियो । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आधुनिक प्रयोगशाला नभएको बहाना बनाउँदै विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो ।

दुई साताअघि उद्योग तथा वाणिज्य मन्त्रालयको प्रस्ताव गरेपछि मन्त्रिपरिषद्‌बाट विषादी परीक्षण गर्ने स्वीकृत भएको थियो । तर दुई सातामा सरकार विषादी परीक्षणबाट पछि हटेको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै