• २०८१ बैशाख ८ शनिबार

सेमिफाइनल अघि अस्ट्रेलिया संकटमा, दुई प्रमुख खेलाडी घाइते

kharibot

काठमाडौँ । विश्वकपको सेमिफाइनल अगाडी अस्ट्रेलियाको संकट बढेको छ । आफ्ना प्रमुख दुई खेलाडी घाइते भएपछि अस्ट्रेलिया आयोजक इङल्याण्डविरुद्धको सेमिफाइनल अघि संकटमा परेको हो ।

दक्षिण अफ्रीकाविरुद्धको लिग चरणको अन्तिम खेलमा १० रनले पराजित भएको खेलमा अस्ट्रेलियाका उसमान ख्वाजा र मार्कोस स्टोइनिस घाइते भएका थिए ।

मिडियारिपोर्टका अनुसार ख्वाजा विश्वकपबाट बाहिरिने लगभग निश्चित रहेको बताइएको छ भने स्टोइनिसको बारेमा अझै खेल्न सक्ने आशा गरिएको छ । अस्ट्रेलियन क्रिकेट बोर्डले खेलाडीको अवस्थालाई ध्यानमा राख्दै उनिहरुको सट्टामा राख्न मिल्ने गरि दुई खेलाडीलाई टिम सँग बोलाएको छ । अस्ट्रेलियाको टिममा म्याथ्यु वेड र मिचेल मार्श टिमसँग जोडिएका छन् ।

यद्यपी अस्ट्रेलियाले घाइते दुवै खेलाडी विश्वकपबाट बाहिरिएको आधिकारिक घोषणा भने गरेको छैन । बोर्डले दुवै खेलाडीको अहिले मेडिकल जाँच भइरहेकाले सो पछि निर्णय लिने बताएको छ ।

ख्वाजा खेलका क्रममा मांशपेशीमा खिचाव आएपछि रिटायर्ड हर्ट भएर बाहिरिएका थिए भने स्टोनिशको यस अघि देखिनै मांशपेशीमा खिचावको समस्या रहेको छ ।
अस्ट्रेलियाले आगामी विहिबार दोस्रो सेमिफाइनलमा आयोजक इङल्याण्डको सामना गर्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै