प्रदर्शनीमा रु सात लाखको पुस्तक बिक्री

खरीबोट

फाइल तस्विर । 

काठमाडौं / नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा  सात लाखको पुस्तक बिक्री भएको छ । यही असार ८ देखि २२ गतेसम्म सञ्चालन भएको उक्त प्रदर्शनीमा  तीनदेखि एक हजार ४०० सम्मका कृति बिक्री भएका थिए ।

तीनको महेन्द्र प्रकाशन मालादेखि  एक हजार ४०० को प्रज्ञा–अङ्ग्रेजी–नेपाली शब्दकोष राखिएकामा  एक हजार ३५० मूल्यको ‘शब्दकोष’ २०० प्रति बिक्री भएको प्रदर्शनीका संयोजक सुधिर ढुङ्गेलले जानकारी दिए । विभिन्न समयमा प्रकाशित भएका कृति तथा पत्रपत्रिका समेत गरी करीब ४०० कृति बिक्रीका लागि राखिएको प्रतिष्ठानले जनाएको छ ।

प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो । विभिन्न उमेर समूहका विद्यार्थी, शिक्षक, पुस्तकका पारखी, साहित्यकारका साथै पुस्तक व्यवसायीले अवलोकन गरेको प्रदर्शनीमा करीब १० हजारले अवलोकन गरेका थिए । निजी क्षेत्रका पुस्तक प्रकाशन गृहले करीब रु चार लाख बराबरको पुस्तक खरीद गरेको जनाइएको छ ।

नेपालका विभिन्न जाति, संस्कृतिका इतिहास, परम्परा तथा संस्कारकाबारे प्रतिष्ठानले प्रकाशित गरेका कृतिका साथै स्वदेशी साहित्यकारका महत्वपूर्ण कृतिलाई अङ्ग्रेजी, हिन्दी भाषामा तथा विदेशीका कृतिलाई नेपालीमा अनुवाद गरी प्रदर्शनीमा राखिएको थियो ।

प्रतिष्ठानको शुरुआतदेखि विसं २०६७ सम्मका कृतिलाई ६० प्रतिशत र ०६८ देखि हालसम्मका प्रकाशित कृतिमा ४० प्रतिशत छुटमा उपलब्ध गराइएको थियो । प्रतिष्ठानले वार्षिकोत्सवका साथै राष्ट्रिय महत्वका विभिन्न कार्यक्रम र ठूला साहित्यकारको स्मृतिमा समेत यस किसिमका प्रदर्शनी गर्ने गरेको छ । 

सम्बन्धित समाचार

प्रतिष्ठानमा प्राज्ञिक काम अलपत्र

काठमाडौँ । मुलुकको महत्वपूर्ण प्राज्ञिक निकाय नेपाल प्रज्ञा प्रतिष्ठान तीन महीनादेखि पूर्ण नहुँदा वार्षिक योजना र अनुसन्धानका काम प्रभावित भएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले पदाधिकारी रिक्त

मन्दिरका तान्त्रिक परम्परालाई जोगाइ राख्नु पर्नेमा जोड

काठमाडौँ / आधुनिक समयमा तन्त्र विद्याको पठनपाठन, साधना र प्रयोग घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं वार्षिकोत्सवका अवसरमा दर्शन विभागले मंगलबार यहाँ आयोजना गरेको ‘नेपाली

पूर्वसदस्यसचिवका भाञ्जालाई सेटिङमा जागिर, जिल्लियो लोकसेवा 

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा आफन्तलाई जागिर खुवाउने त्यहाँका उपल्लो तहका कर्मचारीको चलखेल सफल भएको छ । स्रोतका अनुसार प्रज्ञा प्रतिष्ठान सेवा आयोगले लोकसेवा आयोगको आँखामा छारो हाल्दै यसअघिका परीक्षामा असफल

लोकसेवालाई गुमराहमा राखेर आफ्नालाई जागिर खुवाउन षड्यन्त्र !

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा आफन्तलाई जागिर खुवाउने चलखेल गरिएको पाइएको छ । स्रोतका अनुसार प्रज्ञा प्रतिष्ठान सेवा आयोगले लोकसेवा आयोगको आँखामा छारो हाल्दै यसअघिका परीक्षामा असफल भएर करारमा राखिएका


z