• २०८१ बैशाख ११ मंगलबार

निर्माण भयो नयाँ चिप, जसले हजार गुणा बढाउनेछ अनुसन्धानको गति

kharibot

बेलायत । तीव्र गतिमा विकास भइरहेको प्रविधिको क्षेत्रमा एक नयाँ कम्प्युटर चिपको निर्माण भएको छ । यसको सहायताले डेटा अपरेसन्स १ हजार गुणा तीव्र गर्न सक्ने बताइएको छ । अनुसार यो उच्च प्रविधिको चिपले वैज्ञानिक खोजमा सहयोग गर्ने चिप निर्माताहरुको भनाइ छ । 

बेलायती कम्प्युटिङ स्टार्टअप कम्पनी ब्लूसिफ्ट मेमोरीले यो नयाँ बनाएको हो । यो चिप डीएनए परीक्षण, कृत्रिम बौद्धिकताको निर्माण र नयाँ औषधिको खोजीमा विशेष सहयोगी हुने चिप निर्माताको भनाइ छ । 

चिपले जलवायु परिवर्तनको अनुसन्धानमा पनि सहयोग गर्ने बताइएको छ । यसको सहायताले जलवायु परिवर्तनलाई ध्यानमा राख्दै कुनै पनि सहरको वातावरणमैत्री ढाँचा अथवा लेआउट निर्माण गर्न सकिने पनि उल्लेख छ गरिएको छ । 

चिपले ठूला सहरमा ट्राफिक र प्रदूषणजस्ता समस्याको समाधान पनि गर्न सक्ने दाबी गरिएको छ । 

मेमोरी चिपको एक प्रोटोटाइपले पहिले नै मेमोरी चिप्सको तुलनामा कम्युटरको प्रोसेसिङ युनिट (सीपीयू) को तीव्र प्रगतिको बीच दूरी बढिरहेको देखाइरहेको छ । यस समस्यालाई डेटा टेलब्याक भनिन्छ । 

डेटा टेलब्याकलाई यदि सजिलो भाषमा बुझ्ने हो भने उच्च गुणस्तरीय कम्प्युटरले डेटासम्बन्धी काम गर्दा आफ्नो सीपीयूको क्षमता पूर्णरूपमा प्रयोग गर्न सक्दैन । ठूलो मात्रामा डेटाबेसको विश्लेषणका लागि कम्प्युटरले आफ्नो पूरै क्षमताको प्रयोग गर्न पाउँदैन । यदि नयाँ चिपको प्रयोग गर्ने हो भने कम्प्युटरले दिनभर अथवा घण्टौं लगाएर गर्ने काम केही मिनेट अथवा सेकेन्डमा नै हुन सक्छ । 

ब्लूसिफ्ट मेमोरीका प्रमुख अधिकारी पिटर मारसन भन्छन्, ‘कल्पना गर्नुहोस्, तपाईं एक ट्याक्सी ड्राइभर हुनुहुन्छ, तपाईं जुन सहरमा काम गरिरहनुभएको छ, हरेक क्षण त्यो परिवर्तन भइरहेको छ, त्यहाँका पसल, घर, बाटो आदि सबै हराइरहेका छन्, र फेरि भिन्न स्थानमा देखा परिरहेका छन् । हाल निर्माण गरिएको चिप्समा त्यस्ते किसिमले डेटालाई व्यवस्थित गरिएको छ ।’

पिटर भन्छन्, ‘हाम्रो डिजाइन पहिले नै के कुरा कहाँ पाइन्छ भन्ने थाहा भएको सहरको अवस्था परिवर्तन गर्नु जस्तै हो । नयाँ डिजाइनले डेटाको धेरै राम्रो र कुशल मोडलिङका लागि मार्ग प्रशस्त गर्नेछ । अर्थात्, यसले मौसमको पूर्वानुमान गर्न सहायता पुर्याउनेछ भने जलवायु परिवर्तनको भविष्यवाणीको लागि पनि यो उपयोगी हुनेछ ।

एजेन्सीको सहयोगमा

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै