योग शिक्षालाई विद्यालयसम्म पुर्याउछौ : शिक्षामन्त्री

खरीबोट

फाइल तस्विर । 

भक्तपुर / शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले योग शिक्षालाई स्कुल स्कुलमा पुर्याउने बताएका छन । पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरले सोमबार आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठी एवं एलोप्याथिक चिकित्सा र योग विषयक बिबिध कार्यपत्र प्रस्तुत कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विद्यालयहरुमा योग शिक्षा पुर्याउन पाठ्यक्रम निर्माण कार्य अगाडि बढिरहेको बताउदै विद्यालय र विद्यार्थी मार्फत योग शिक्षालाई अब गाउँ गाउँसम्म पुर्याईने उल्लेख गरे । उनले भने –“अब सामुदायिक विद्यालयमा योग, प्राकृतिक चिकित्सा, जडिबुटीको पढाई सुरु हुन्छ, यसका लागि आवश्यक पाठ्यक्रम निर्माण कार्य भईरहेको छ ।”

योगलाई शारीरिक व्यायामको रुपमा मात्रै बुझ्नु गलत भएको चर्चा गर्दै मन्त्री पोखरेलले भने –“मानिसको जीवन पद्धति बदल्न योगलाई बुझ्न र बुझाउन जरुरी रहेको छ, योगको खोज, अनुसन्धान र विस्तारलाई संगै लैजानु पर्छ ।” कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई), योगका गुरुहरु दीर्घराज गिरी, बालमुकुन्द सुवाल, योग तथा प्राकृतिक चिकित्सा विज्ञ डा. हरिप्रसाद पोखरेल, पातञ्जल योग समिति नेपाल, केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले योग र यसको महत्वमाथि चर्चा गरे ।

कार्यक्रममा अध्यक्ष सुवेदी, केन्द्रीय महासचिव नवराज काफ्ले, डा. चन्द्रमणि खनाल, सुवर्णलाल चित्रकार, रामनाथ अधिकारी, दीपकप्रसाद नेपाल, जानुका भट्टराई लगायतले योग र प्राकृतिक चिकित्साकाबारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरि बृहत छलफल गरिएको थियो ।

सम्बन्धित समाचार

भक्तपुरको सडकमा सोलार बत्ती राख्न शुरु

मध्यपुरथिमि । अरनिको राजमार्ग खण्डमा रहेको छ लेन सडकको जडीबुटी मनोहरा पुलदेखि मध्यपुरथिमिको राधेराधेसम्म सोलार बत्ती राख्ने कामको शुभारम्भ भएको छ। ‘उज्जालो, सफा र हराभरा भक्तपुर’ भन्ने नारालाई सार्थक बनाउने क्रममा

भक्तपुरमा उम्मेदवारसँगै शीर्षनेता भोट माग्दै घरदैलोमा

भक्तपुर । भक्तपुर क्षेत्र नं १ (क) मा आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि भोट माग्दै विभिन्न दलका नेता मतदाताको घरदैलोमा पुगेका छन् ।  विगत एकसातादेखि नेपाल कम्युनिष्ट

बंगलादेशका राष्ट्रपतिबाट भक्तपुर दरबार स्क्वायरको अवलोकन

भक्तपुर । नेपालको औपचारिक सद्भावना भ्रमणमा आउनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् । यहाँ आउदा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत

उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने

भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ। उपनिर्वाचनमा चाँगुनारायण नगरपालिकाभित्रका नौ वटा वडा र


z