• २०८१ बैशाख ८ शनिबार

विश्वकपपछि सन्यास लिएका चार क्रिकेटर

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अब अन्तिम चरणमा रहेको छ । सेमिफाइनलमा पुगेका चार टिमले मंलगबार र विहिबार सेमिफाइनलका आ-आफ्ना खेल खेल्दै छन् । लिग चरणका खेलबाट ६ टिम बाहिरिएका छन् । उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएका दक्षिण अफ्रीका, पाकिस्तान र वेस्टइन्डिजजस्ता देशहरु सेमिफाइनलमा पुग्न सकेनन् ।

यसैवीच यस विश्वकप पछि अब विश्व क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका केहि क्रिकेटरले क्रिकेटबाट नै सन्यास लिएका छन् भने केहि अब अर्को विश्वकप नखेल्ने भएका छन् । यस रिपोर्टमा चार खेलाडी जो अब अर्को विश्वकपमा देखिने छैनन् उनीहरु बारे चर्चा गर्दै छौ ।

शोएब मलिक, पाकिस्तान :

पाकिस्तानका क्रिकेट शोएब मलिकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । पाकिस्तानले बंगलादेशविरुद्ध खेलेको विश्वकप खेलपछि शोएबले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटबाट सन्यास लिएका हुन् । उनले अब आफुले टी-२० क्रिकेट लिगहरुमा ध्यान दिने बताएका छन् । मलिकको यो विश्वकप त्यति राम्रो भने भएन । उनले केबल ३ खेल खेले जसमा ८ रन मात्र बनाउन सके । उनले आफ्नो अन्तिम खेल भारतविरुद्ध खेले, जसमा शुन्यमा आउट भएका थिए ।

मलिकले पाकिस्तानबाट २८७ एकदिवसीय खेल खेलेका छन् । जसमा उनले ९ शतक र ४४ अर्धशतकसहित ७५३४ रन बनाएका छन् । त्यस्तै पाकिस्तानका लागि ३५ टेस्ट क्रिकेट खेलेका मालिकले ३ शतक र ८ अर्धशतकसहित १८९८ रन बनाएका छन् । त्यसैगरी टी-२० क्रिकेटमा १११ खेल खेल्दै ७ अर्धशतकसहित २२६३ रन बनाएका छन् ।

इमरान ताहिर, दक्षिण अफ्रीका :

यस विश्वकपमा साबि भन्दा बढी ४० बर्षिय इमरान ताहिरले पनि विश्वकपको अन्तिम खेल अस्ट्रेलियासँग खेलेसँगै सन्यास लिएका छन् ।

पाकिस्तानमा जन्मिएका ताहिरले २०११ फेब्रुअरी २४ देखि दक्षिण अफ्रीकाबाट खेल्न शुरु गरेका थिए । आफ्नो ८ बर्षे दक्षिण अफ्रीकाको क्यारियरमा ताहिरले १०७ एकदिवसीय खेल खेल्दै १७३ विकेट लिएका छन् । साथै दक्षिण अफ्रीकाका लागि २० टेस्ट खेलेका ताहिरले ५७ विकेट लिएका छन् भने टी-२० क्रिकेट ३८ वटा खेलेका छन् । जसमा उनले ६३ विकेट लिएका छन् ।

लासिथ मालिंगा, श्रीलंका : 

श्रीलंकाका चर्चित तिब्र गतिका बलर लासिथ मालिंगाले आफु अब विश्वकप नखेल्ने बताएका छन् । ३५ बर्षिय मालिंगाले क्रिकेटबाट सन्यास भने लिएका छैनन् । तर उनलाई अब विश्वकप खेल्ने श्रीलंकाको टिममा देखिने छैन । 
मलिंगाको नाममा विश्वकपमा दुई ह्याट्रिक लिने रेकर्ड रहेको छ । उनको नाममा ४ बलमा ४ विकेट लिने रेकर्ड समेत रहेको छ । 

एकदिवसीय क्रिकेटमा मालिंगा विश्व क्रिकेटमै एक सफल बलर मानिन्छन । उनले २२५ एकदिवसीय खेलमा ३३५ विकेट लिएका छन् । त्यस्तै टेस्ट क्रिकेटमा भने उनले ३० टेस्ट खेल्दै १०१ विकेट लिएका छन् ।              

जेपी डुमिनी, दक्षिण अफ्रीका :

दक्षिण अफ्रीकाका अलराउन्डर जेपी डुमिनीले पनि अन्तर्राष्ट्रिय क्रिकेटलाई अलबिदा गरेका छन् । अस्ट्रेलियाविरुद्धको विश्वकपको अन्तिम खेल खेलेपछि डुमिनीले आफ्नो क्रिकेट क्यारियरलाई पूर्णविराम दिएका हुन् ।

३५ बर्षिय डुमिनीले दक्षिण अफ्रीकाका लागि १९९ एकदिवसीय खेल खेलेका छन्, जसमा ४ शतक र २७ अर्धशतकसहित ५११७ रन बनाएका छन् । त्यस्तै ४६ टेस्ट खेल्दै २१०३ रन बनाएका छन् जसमा ६ शतक र ८ अर्धशतक समेत बनाएका छन् । त्यस्तै ८१ टी-२० खेल खेल्दै ११ अर्धशतकसहित १९३४ रन बनाएका छन् ।

उनले टेस्ट क्रिकेटमा ४२ विकेट लिएका छन् भने एकदिवसीय क्रिकेटमा ६९ र टी-२० क्रिकेटमा २१ विकेट लिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै