मेसी बिना बन्यो कोपा टिम, को को परे ? 

खरीबोट

काठमाडौँ । यस बर्षको कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिलले जितेको छ । ब्राजिलमा आयोजना भएको यस पटकको कोपा विवादस्पद भने हुन् सकेन ।

अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीले सार्वजनिक रुपमा नै कोपामा खेलिएका मैदान राम्रो नभएको, रेफ्रीले गलत निर्णय दिएको र यस पटकको कोपा ब्राजिललाई जिताउने मिलोमतो भएको गम्भीर आरोप लगाए । तेस्रो भएको अर्जेन्टिनाका लागि मेसीले केवल एक गोल गरे ।

यसैबीच मेसी यस पटकको कोपा टिममा नपर्दा सबै अचम्मित बनेका छन् । कोपा सम्पन्न भएपछि छानिएका ११ खेलाडीमा ब्राजिलका ७ जना खेलाडी परेका छन् । जसमा गोलकिपर एलिसन, डानी आल्भेज, मार्क्युनोज, फिलिप कोटिन्हो, अर्थर, गाब्रियल जिसस र एभर्टन परेका छन् ।

त्यस्तै पेरुका दुई जना खेलाडी कोपा टिममा परेका छन् । जसमा मिग्युल ट्राउको र एडिसन फ्लोरेज रहेका छन् । त्यस्तै चिलीका चार्लेज अरान्गूएज र उरुग्वेका जोस गिमेनेज कोपा टिमको ११ खेलाडी भित्र पर्न सफल भएका छन् ।

यस टिममा अर्जेन्टिनाका कुनै खेलाडी परेका छैनन् भने उरुग्वे का लुइस स्वरेज समेत परेका छैनन् ।

सन् २००७ पछि पहिलो पटक कोपा जितेको ब्राजिलले उपाधि जित्दा पेरु दोस्रो र अर्जेन्टिना तेस्रो भयो । त्यस्तै अघिल्लो पटकको च्याम्पियन चिली भने चौथो स्थान हासिल गरेको छ ।                                    

सम्बन्धित समाचार

बार्सिलोनाबाट खेल्ने ग्रीजम्यानको सपना पुरा

काठमाडौँ । बार्सिलोनाले लामो प्रयासपछि फ्रेन्च फुटबलर एन्टोनी ग्रीजम्यानलाई सेन गरेको छ । बार्सिलोनाले ग्रीजम्यानलाई १२० मिलियन युरोमा साइन गरेको छ । बार्सिलोनाले एथलेटिकोलाई ग्रीजम्यानलाई भित्र्याउन एथलेटिकोको शर्त अनुसार पुरै रकम

डिएगो कोष्टालाई एभर्टनको अफर !

काठमाडौं । स्पेनिस स्ट्राइकर डिएगो कोष्टा प्रिमियर लिगमा फर्किने तयारी गरेका छन् । ३० बर्षिय कोष्टालाई प्रिमियर लिग क्लब एभर्टनले भित्र्याउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । स्पेनिस क्लब

ग्यारेथ बेलद्वारा चाइनिज सुपर लिगको बम्पर अफर अश्विकार !

काठमाडौं । रियल म्याड्रिडबाट खेल्ने वेल्सका स्ट्राइकर ग्यारेथ बेलले चिनियाँ क्लबबाट आएको बम्पर अफरलाई अश्विकार गरेका छन् । रियल म्याड्रिडमा राम्रो खेल्न नसकेको आरोप खेपिरहेका बेलले चाइनिज सुपर लिग खेल्न आएको

ग्रीजम्यानलाई कारवाही गर्ने तयारीमा एथलेटिको म्याड्रिड

काठमाडौँ । फ्रेन्च फुटबलर एन्टोनी ग्रीजम्यानको विषयमा उनको क्लब एथलेटिको म्याड्रिड र बार्सिलोनाबीचको विवाद झन् बढ्ने देखिएको छ । क्लबको प्रि-सिजन प्रशिक्षण सोमबारदेखि सुरु भएको भएपनि ग्रीजम्यान क्लबमा उपस्थित नहुदा क्लबले


z